Logo
२०८३, कार्तिक ९ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ९ गते

विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना : २४ जना घाइते


  • लुम्बिनी चिन्तन
  • जेठ ४, २०७९ बुधवार
  • 810
    SHARES

विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना : २४ जना घाइते

भैरहवा जेठ ४,

सिद्धार्थनगर-१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना हुँदा २४ जना भएका छन् । मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर–१० को शंकरपुरमा लु १ ख ८०७८ नम्बरको मिनि ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी सिद्धार्थनगर नगरपालिका–१० का ३५ वर्षीय बुद्ध कुमार मुराउ, ५५ वर्षीय लक्ष्मण पासी, ६० वर्षीय हाँसी राजी लोनीया, २२ वर्षीय बुद्धिराम केवट, १४ वर्षीय राजीव केवट र १६ वर्षीय शैलेश हरिजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनाकाे यकिन विवरण आउन बाँकी छ । सिद्धार्थनगर-१० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । उनी एक हजार एक मत ल्याएर विजयी बनेका हुन् ।


लुम्बिनी चिन्तन

थप समाचार