Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

टुगा आस्था साकोस ओमसतियाको सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न


  • लुम्बिनी चिन्तन
  • जेठ २, २०७९ सोमवार
  • 848
    SHARES

टुगा आस्था साकोस ओमसतियाको सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न

 

भैरहवा जेठ २,

टुगा आस्था बिकास साकोस रुपन्देहीको आयोजनामा व्यवस्थापन समूहले आफ्नै संयोजनमा साकोसको डिजिटल सेवा मोबाइल बैंकिंग एप सम्वन्धि एक दिवसीय सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ I

कर्मचारीहरु संस्थाको डिजिटल सेवामा जोड्न, आइपर्ने प्राविधिक समस्या पहिचान र हल गर्न सक्षम भएमा सेवा प्रभावकारी हुने उद्देश्य राखी सबै कर्मचारी सक्षम बनाउन यो कार्यक्रम आयोजना गरिएको थियो I

साकोसले उच्चकोटीको मोबाइल एप प्रयोगमा ल्याएको हुदाँ सदस्यहरुलाई मोबाइल बैकिङ्गबाट वित्तीय कारोबार देखि सुझाव, सल्लाह र जिज्ञासा संकलन तथा सूचना प्रवाह गर्न सकिने बिधि बारे प्रशिक्षण दिईएको थियो I हाल कुल सदस्यको ५६ प्रतिशत सदस्यहरु मोबाइल एपमा जोडिएकोले सस्था कै मोबाइल एप अप्रेसन प्रमुख आस्थाश्री सेवाकेन्द्र प्रवन्धक लक्ष्मण काउचाले सबै सहभागी कर्मचारीहरुलाई प्रयोगात्मक बिधिबाट प्रशिक्षण प्रदान गर्रिएको थियो भने सहभागीबाट राखिएको प्राविधिक जिज्ञासा तथा थप नयाँ प्रविधि बारे मोबाइल एप प्रदायक सस्थाका प्रतिनिधि सुमित पराजुलीले सहजीकरण गरेका थिए I

कार्यक्रमको पहिलो सत्रमा साकोसका मुख्य प्रवन्धक लक्ष्मण कुमार थापाले सहभागी कर्मचारी सहपाठीहरुलाई सदस्यहरुलाई वित्तीय सेवा दिएर मात्रै सन्तुष्टि बनाउछु भन्ने अवधारणा पुरानो भएकोले प्रतिस्पर्धी वित्तीय संस्थाहरुसंग प्रतिस्पर्धा गर्न गुणस्तरीय सेवाको लागि व्यवसायिक कर्मचारी बन्नु पर्ने आवस्यकता भएको औल्याउदै सदस्य सेवा व्यवस्थापन सम्वन्धी सीपमूलक अनुशिक्षण पनि दिईएको थियो I

कार्यक्रमको समापन सत्रमा बिशेष अतिथिको रुपमा उपस्थित संस्थाका अध्यक्ष डी.बि. थापाले सिकाइको कुनै सिमा नहुने भएकोले निरन्तर सिकाइको क्रममा अहिलेको आधुनिक युगमा डिजिटल माध्यम अतिनै उपयुक्त रहेकोले संगसंगै हिड्न सकिएन भने हामि पछाडी पर्ने तर्फ इंगित गर्दै आजको यो सिकाइले आगामी दिनहरुमा साकोसको करिब ६ हजार प्लस सदस्यको व्यसायिक कर्मचारी बन्न मद्दत पुग्ने बताउदै शुभकामना व्यक्त गर्नुभयो I

सबै १९ जना व्यवस्थापन स्टाफ उपस्थित भएको कार्यक्रमको अध्यक्षता प्रमुख प्रवन्धक लक्ष्मण कुमार थापाको, स्वागत मन्तव्य सेवाकेन्द्र प्रवन्धक ऋषिराम घर्तिमगरको र कार्यक्रम संचालन सेवाकेन्द्र प्रवन्धक लक्ष्मण काउचाको रहेको थियो I


लुम्बिनी चिन्तन

थप समाचार