Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

कुवेतको जजिरा एयरवेज द्धारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण


  • लुम्बिनी चिन्तन
  • जेठ २, २०७९ सोमवार
  • 1.4K
    SHARES

कुवेतको जजिरा एयरवेज द्धारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण

 

भैरहवा जेठ २, 

बुद्ध जयन्तीको अवसर पारेर कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गरेको छ।

नियमित रूपमा अन्तर्राष्ट्रिय उडानको लागि जजिराले अनुमती पाएको थियो। काठमाडौंमा समेत नियमित उडान गरिरहेको जजिराले आजबाट नियमित रूपमा कुबेत–भैरहवा–कुवेत उडान गर्ने छ। नेपाली समय अनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा कुबेतबार उडान भरेको जजिरा बिहान ७ बजेर ७ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

भरखरै मात्र निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान अनुमति लिएको जजिरा एयरले अहिलेको लागि हप्ताको ३ दिन उडान गर्ने छ। भैरहवाबाट सोमबार, बुधबार र शुक्रबार बिहान २ः३० बजे उडान हुनेछ भने कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ५ः१५ अवतरण हुनेछ । त्यसै गरि कुवेतबाट मंगलबार, बिहिबार र शुक्रबार साँझ ६३० बजे उडान हुनेछ भने भैरहवामा विहान १ः४५ बजे अवतरण हुनेछ।

विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री  शेरवहादर देउवाले बौद्धमार्गी पर्यटक भित्र्याउन विमानस्थलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरे । ‘आज नेपालका लागि ऐतिहासिक दिन हो, हामीले नयाँ विमानस्थल पाएका छौं’, उनले भने, ‘यसले नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिनेछ ।’ प्रधानमन्त्री देउवाले सबैको साथसहयोग र मिहेनतलले आज विमानस्थल तयार भएको जनाए ।

‘अब लुम्बिनीमा सिधै बौद्धमार्गी आउन सक्नेछन्, पर्यटन व्यवसायका लागि यो निकै खुशीको कुरा हो’, देउवाले भने । यसले बौद्धमार्गीको लुम्बिनी आगमन बढाउने अपेक्षा राखिएको छ । विमानस्थलबाट व्यवसायिक उडानसँगै २४ सैं घण्टा संचालन गर्ने सरकारले जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी र सिंगो मुलुकका लागि विमानस्थल ऐतिहासिक सफलता भएको बताए । आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा मुलुकले थप सफलता पाएको उनको भनाई छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अथक प्रयास पछि विमानस्थल उद्घाटन र संचालनको अवस्थामा आएको जनाए । उनले नेपालको हवाई इतिहासमा आजको दिन स्वर्णीम रहेको जनाए । नेपालको पर्यटन क्षेत्रको विकासमा गौतमबुद्ध विमानस्थलले सबैभन्दा भन्दा बढी फाइदा दिने विश्वास आफ्नो रहको आलेले बताए । उनले त्रिभुवन र गौतमबुद्ध दुबै विमानस्थललाई चौबीसै घण्टा संचालन गर्ने जनाए ।

विमानस्थल संचालनमा आएसँगै आधा दर्जन अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यवसायिक उडानमा चासो देखाएका छन् । जजिरा एअरलाइन्स पछि एअर अरेबयिा र फ्लाई दुबईले पनि विमानस्थलबाट उडान तयारी गरिरहेको छ । साथै अन्य अन्तर्राष्ट्रिय विमानस्थल कम्पनीका प्रतिनिधिहरुले पनि विमानस्थलको सेवासुविधा बारे स्थलगत अवलोकन गरेर जानकारी लिइसकेका छन् । उनीहरुले गौतमबुद्ध विमानस्थलबाट उडान भर्नका लागि कम्पनीको मुख्यालयमा आग्रह गर्ने प्रतिवद्धता जनाएका छन् ।

यो विमानस्थल संचालन आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प बनेको छ । कुनै कारण भित्रुवन विमानस्थलमा विमान उडान–अवतरण हुन नसक्ने अवस्था आएमा छिमेकी मुलुकमा पुर्याएर अवतरण गराउनु पर्ने बाध्यता अन्त्य भएको छ । 

३ हजार मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा बोइङ ७७७ एयर बस ३३० र सोही क्षमताका वाइडबडी विमानहरु उडान अवतरण गर्न सकिने छ । 


लुम्बिनी चिन्तन

थप समाचार