Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

मोदीको आगमनले लुम्बिनीका पर्यटन ब्यावसायी उत्साहित ।


  • लुम्बिनी चिन्तन
  • जेठ १, २०७९ आइतवार
  • 870
    SHARES

मोदीको आगमनले लुम्बिनीका पर्यटन ब्यावसायी उत्साहित ।


भैरहवा जेठ १,
गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय प्रधानमन्त्रीको आगमनले पर्यटन ब्यावसायी उत्साहित भएका छन् । आईतबार लुम्बिनीमा हुने प्रधानमन्त्री मोदिको भ्रमणले लुम्बिनीको पर्यटन क्षेत्रमा सुधार आउने लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए । लामो समय कोरोनाले थलिएको लुम्बिनीको पर्यटन ब्यावसायलाई यस भ्रमणले पर्यटन प्रबन्धमा सहयोग पुग्ने ज्ञवालीले बताए । 
बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्रका रुपमा रहेको भगवान गौतमबुद्धको जन्मस्थलमा भारतीय प्रधानमन्त्रीको आगमनले भारतीय हिन्दुधर्मावलम्बीहरुका लागी पनि एक पटक लुम्बिनी पुग्नै पर्ने स्थानको रुपमा लिने पर्यटन ब्यावसायिहरुको भनाई छ ।
यस अगाडी भारतीय प्रधानमन्त्री भ्रमण भएको स्थान मुक्तीनाथ , जनकपुर को अवस्थालाई हेर्दा भारतीयहरु एक पटक पुग्नै पर्ने स्थानको रुपमा लिने भएका कारण लुम्बिनीका भारतीय प्रधानमन्त्रीको भ्रमण पनि पर्यटकहरु बढ्ने आशा राखेको लुम्बिनी होटल संघका महासचिव पुरुसोत्त सुबेदीले बताए । लुम्बिनीका होटल ब्यावसायिहरु उत्साहित छौ मुक्तीनाथमा अहिले भारतीय पर्यटकहरुको घुईचो छ यहा पनि भारतीय पर्यटकको आगमन हुन्छ भन्नेमा हौ सुबेदीले भने । 
पर्यटन ब्यावसायि उत्साहित छौ हामीले देखेका छौ प्रधानमन्त्री मोदिको भ्रमण पछि मुक्तीनाथ र जनकपुरमा अहिले भारतीय तिर्थयात्रिहरुको भिड छ यो अब लुम्बिनीमा पनि हुन्छ भन्ने हाम्रो सिद्धार्थ होटल एशोसिएशन नेपालका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले भने । 
लुम्बिनीमा बार्षिक १८ लाख बढी पर्यटक आगमन हुने तथ्याड.क छ । लुम्बिनीमा १ सय १ मुलुकका पर्यटक आगमन हुने गरेको लुम्बिनी बिकास कोषको तथ्याड.कमा उल्लेख छ । बार्षिक १८ लाख पर्यटक मध्ये ३ लाख ५० हजार पर्यटक तेस्रो मुलुकका रहेका छन् भने बांकी आन्तरीक र भारतीय हुन । 
लुम्बिनी सबैभन्दा बढी भारतीय पर्यटकन आगमन हुने गर्दछ । तर यकिन तथ्याड.क भने छैन ।  त्यसैगरी श्रीलड.कन बढीमा बार्षिक ७० हजार सम्म लुम्बिनी भ्रमणमा आएको तथ्याड.क छ । लुम्बिनीमा थाईल्याण , चाईना, कम्बोडिया , भियतनाम,जापान , लगायत मुलुकका बढी पर्यटकहरु आउने गर्दछन् । 


लुम्बिनी चिन्तन

थप समाचार