Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनीको सरसफाईमा ४ सय ५० बढी मजदुर परिचालन ।


  • लुम्बिनी चिन्तन
  • जेठ १, २०७९ आइतवार
  • 680
    SHARES

लुम्बिनीको सरसफाईमा ४ सय ५० बढी मजदुर परिचालन ।


दिपेश पछाई , 
भैरहवा जेठ १ .
पहिलो पटक गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागी आउन लागेका भारतीय प्रधानमन्त्रीको स्वागतार्थ तिब्र गतिमा सरसफाईका कामहरु भएका छन् । 
जेठ २ गते बुद्ध पुर्णिमाका अवसरमा लुम्बिनी भ्रमणका लागी आउन लागेका भारतीय प्रधानमन्त्रीको स्वागतार्थ तयारीका लागी दैनीक ४ सय बढी मजदुर खटएिका छन् । लुम्बिनी बिकास कोषको आप्नौ माताहातमा ज्यालादारी ३ सय ५० बढी मजदुर खटाएको छ भने कोष भित्र निमार्ण भैरहेका बिभिन्न संम्रचनाहरुको निमार्णका लागी पनि ठेकेदारले थप मजदुर बढाएर काम गरेको लुम्बिनी बिकाष कोषका योजना प्रमुख सरोज भट्र्रराईले जानकारी दिए । 
लुम्बिनी बिकाष कोषले मायादेबी मन्दीर, शान्ती दिप, केन्द्रीय नहर लगायत कोषभित्रको बिभिन्न क्षेत्रहरुमा सरसफाईका लागी ३ सय ५० बढी मजदुर खटाएको भट्र्रराईले बताए । बिगद २० दिन देखी बुद्ध पुणीमाका लागी भनेर कोषले सरसफाईका लागी मजदुर खटाएको छ योजना प्रमुख भट्र्राईले भने । 
त्यसैगरी भारतीय प्रधानमन्त्री मोदी आउने हेलीकप्टर ल्याण्डका लागी चार वटा हेलीप्याड निमार्ण गरिएको छ । साथै नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्रीले संम्बोधन गर्नु हुने ५ हजार क्षमताको सभाहलको बांकी रहेको काम तिब्र रुपमा लगीएको छ । 
हेलीप्याड निमार्ण र सभाहलको बांकी काम सकाउनका लागी सम्बन्धीत निमार्ण कम्पनीले पनि डेढ सय बढी मजदुर अहिले फिल्डमा राखेर काम गरिरहेको भट्र्रराईले बताए । सुक्रबार स्थानिय तहको निर्वाचन भएकाले केही काम प्रभाबित भए पनि आईतबार सांझ सम्म काम सकाईने कोषले जनाएको छ । 
प्रभानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन ५ हजार क्षमताको सभा हलको उद्धघाटन गर्ने छन् । हल भित्रको सबै काम सकिए पनि हल बाहीरको केही काम बांकी रहेकाले तिब्र रुपमा काम भैरहेको छ । 
हल निमार्ण कम्पनीले हल निमार्ण सम्पन्न गर्ने मिति यहि असार मसान्त सम्म हो । निमार्ण कम्पनीले हल निमार्ण सम्पन्न गरेर हस्तातरण गर्ने समय असार मसान्त हो तर हामीले भारतीय प्रधानमन्त्री आउने भए पछि जेठ २ गते उद्धघाटन गर्दै छौ कोषका योजना प्रमुख सरोज भट्र्राईले भने । 
यो हलमा भारत र नेपालका समकक्षीले सम्बँेधन गर्ने कार्यक्रम पनि छ ।  करिब ७० करोडको लागतमा दुई फेजमा सभा हलको निमार्णको काम भएको थियो । अहिले हल बाहीरको सडक , गार्डेन , लगायतका कामहरु भैरहेका छन् ।
भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल भ्रमण गर्दै छन् । मोदी हेलिकोप्टर मार्फत लुम्बिनी आउने छन् । लुम्बिनी आउने क्रममा चारवटा हेलीकप्टर प्रयोग हुने जनाईएको छ । लुम्बिनीमा रहदा उनको लागी भारतीय बायु सेवाको बिमान मार्फत ल्याईएका गाडी र सुरक्षा सामाग्री प्रयोग हुने छ । केही दिन देखी लुम्बिनीमा भारतीय सुरक्षाकर्मीले त्यहाको बस्तुस्थिती बारे अध्ययन गरीरहेको छ । मोदीलाई नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काले लुम्बिनीमा स्वागत गर्ने छन् ।  लुम्बिनी स्थित पवन प्यालेस होटेलमा भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रभानमन्त्री देउवा बिच भेटवार्ता हुने छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा भारतले निमार्ण गर्न लागेको बौद्ध बिहारको शिलन्यास गर्ने छन् । एक बिघा क्षेत्रफलमा निमार्ण हुन लागेको बिहारको शिलन्यास र मायादेबी मन्दीरमा पुजाअर्चन ागर्ने कार्यक्रम छ । एक अर्ब ६० करोड रुपैयाँको लागतमा भारतले लुम्बिनीमा बौद्ध विहार बनाउदै छ । लुम्बिनीमा यस अगाडी १८ बढी देशले आ आप्नौ मुलुकको संस्कृती झल्कीने बिहारहरु बनाउदै आएका छन् । केही देशहरुको बिहार निमाणाधिन अवस्थामा छ भने केहीको निमार्ण जारी छ । 


लुम्बिनी चिन्तन

थप समाचार