दिपेश पछाई ,

भैरहवा जेठ १,
तत्कालीन प्रधानमन्त्री केपी ओलीले लुम्बिनीमा आयोजित एक कार्यक्रममा अब लुम्बिनीमा पांच हजार जना मानीस अटाउने सभाहल बन्ने छ भनेका थिए । हावा हुरीका कारण कार्यक्रम नै प्रभाबित हुने अवस्था रहने छैन सन् २०१६ मा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्धजयन्ती कार्यक्रम मनाईदा गर्दा प्रधानमन्त्री केपी ओलीले भनेका थिए ।
लुम्बिनीमा हरेक वर्ष आयोजना हुने बुद्ध जयन्ती तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनका लागि लाखौँ रकम खर्च गरे कार्यक्रम स्थल बनाउने प्रचलन थियो । सन् २०१६ मा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्धजयन्ती कार्यक्रम मनाउने क्रममा पनि त्यसैगरी अस्थायी हल निर्माण गरियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए । मौसम परिवर्तन संगै आएको हाबाहुरीसहितको पानीले टेण्ट लगाएर बनाएको कार्यक्रम स्थल प्रभावित बन्यौ । त्यही कार्यक्रममा नै तत्कालीन प्रधानमन्त्री ओलीले लुम्बिनीमा पांच हजार जना अट्ने सभाहल बनाउने घोषणा गरे । घोषणा गरे लगतै अर्को बर्षका लागी नेपाली सेनाले फलामको ट्रस प्रयोग गरेर अस्थाई सभाहल बनायो भने त्यही सभाहलको २ सय मिटर पर भने अन्तराष्ट्रिय ध्यान केन्द्र सहितको स्थाई सभाहल निमार्णका लागी टेन्डर प्रकृया सुरु भयो ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले धोषणा गरेको अर्को बर्ष नै नेपाली सेनाले लुम्बिनीमा फलामको ट्र्रस प्रयोग गरेर अस्थाई सभाहल बनायो र त्यसैमा कार्यक्रम गर्न थालीयो । यो बर्ष बाट स्थाई सभाहल निमार्ण सम्पन्न भएको छ अब लुम्बिनीले नेपालकै ठुलो सभाहल पाएको छ लुम्बिनी बिकास कोषका योजना प्रमुख सरोज भट्र्राईले भने ।
महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बनेको यो हल अन्तर्राष्ट्रिय ध्यान केन्द्रको रुपमा परिवर्तन गरिएको छ । पहिलो चरणमा पिल्लर र माथी छाना लगाएर कार्यक्रम गर्ने गरी हल बनाउने काम भएको थियो योजना प्रमुख भट्र्रराईले भने । पछि ध्यान केन्द्रका रुपमा परिमार्जन गर्दे अन्तराष्टिय ध्यान केन्द्र बनाईएको भट्र्राईले बताए ।
हलको पहिलो चरणको काम अनक अर्घाखाँची, बाबुल जेभी कम्पनीले रु २८ करोड १३ लाख लागतमा निर्माण गरेको हो । पछि ध्यान केन्द्रमा रुपान्तरण गर्न दोस्रो चरणको कामका लागी थप रु ३३ करोड बजेट विनियोजन गरिएको थियो । यो योजना यहि असार मसान्तमा सक्ने अन्तीम मिति थियो । हल भित्र्रको काम सकिएको छ बाहीरी कामहरु तिब्र गतिमा भएका छन् विकास कोषका योजना प्रमुख सरोज भट्टराईले भने ।

सभाहलको शिलान्यास विसं २०७५ वैशाख पूर्णिमामा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । सभाहलको गत मंसिर १८ गते लुम्बिनी आएका समयमा राष्ट्रपति भण्डारीले निरीक्षण गरेकी थिईन ।
३८ हजार वर्गमिटरमा फैलिएको उक्त ध्यान केन्द्र सर्कुलर डोम सेट शैलीमा निर्माण भएको छ । अन्तराष्ट्रिय ध्यान केन्द्र ४० ओटा आरसिसि पिल्लर, मेटल ट्रस्ट स्टक्चर, दुई मिटर चौडाइको भित्र बाहिर गर्ने ढोका लगाइएको छ । ध्यान केन्द्रमा रोलर पार्टिसनको व्यवस्था गरिएकोले आवश्यकता अनुसार ५ सय, १ हजार,२ हजार र ३ हजार जना एकै पटकमा बस्न र ध्यान गर्न सकिने व्यवस्था रहेको छ । यस ध्यान केन्द्रको डिजाइनलाई शान्तिको प्रतिक डिजाइन पनि भन्ने गरिन्छ ।
अन्तर्राष्ट्रिय बौद्ध सभाहलमा ध्यान गर्दा आनन्दको अनुभूति प्रदान होस भनी ध्यान केन्द्रको छानो गोलाकार र रुफ इलिभेसनमा डिजाइन गरिहको छ । भुइ र पिल्लरहरुमा ढलानपछि मोजाइक प्रयोग गरिएको छ । ध्यान केन्द्रको बाहिरी परिसरमा गौतमबुद्धका मुर्तिहरुले सजाइएको छ । मुल गेटको दुवैतर्फ पोखरी निर्माण गरिएको छ । ध्यान केन्द्रको चारैतिर सेन्सर ढोकाहरुको व्यवस्था, साउड प्रुफ, तापक्रम मेन्टिनेन्स, प्रयाप्त प्रकाशको व्यवस्था मिलाइएको छ ।
जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले ध्यान केन्द्रको उद्धघाटन गर्ने छन् । उद्धघाटन पछि ध्यान केन्द्रमा बुद्धजयन्ति तथा लुम्बिनी दिवस २०७९ मनाउने कार्यक्रम छ । जहा भारतीय प्रधानमन्त्री र नेपालका समकक्षी देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । विगत २ वर्ष देखि कोभिड १९ का कारण मनाउन नसकिएको बुद्ध पूर्णिमा यस पटक भव्य रुपमा मनाउन लागिएको लुम्बिनी बिकास कोषका सदस्य सचिव सानु राजा शाक्याले बताए ।
लुम्बिनीमा ध्यान केन्द्र बने संगै अब लुम्बिनीमा धेरे ठुला ठुला कार्यक्रमहरु गर्नका लागी बाटो खुलेको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए । ध्यान केन्द्र बने संगै लुम्बिनीमा राष्ट्र्यि अन्तराष्ट्र्रिय कार्यक्रम आउनेमा आफुहरु बिश्वस्त रहेको ज्ञवालीले बताए ।
अन्तर्राष्ट्रियस्तरका ध्यान तथा सार्कस्तरीय सम्मेलन पनि सहजै गर्न सकिन्छ योजना प्रमुख भट्र्रराईले भने । अत्यन्तै आकर्षक स्वरुपमा बनाइृएको सभाहल तथा ध्यान केन्द्रको छानो गोलाकार छ । भित्रपट्टि कमलको फूलको आकर्षक प्रतीक अंकित छत रहेको छ । हलमा ध्यान गर्नेहरु पलेटी मारेर बस्दा पाँच हजार जना सजिलै अट्ने क्षमता छ । कुर्सी राखेर बस्दा आठ हजार अट्ने छ । यसलाई सात डिग्रीसम्म तापक्रम तलमाथि हुनसक्ने इपिसएस प्यानल प्रयोग गरेर छाना लगाइएको छ । ध्यान केन्द्र तथा सभाहलको जग निर्माणमा ईन्जिीनयरले विशेष जोड दिएका छन् । १० मिटर गहिराइका १४० वटा पाइल फाउण्डेशन निमार्ण गरिएको छ ।
उक्त फाउण्डेशन माथि एक वर्गमिटर गोलाइको ४० वटा पिलर ठड्याएर छानो राखिएको छ । सभाहलमा आठवटा भाषामा एकैसाथ सुन्न सकिने गरी एकैपटक हेडफोन प्रयोग गर्न सकिने ध्वनि व्यवस्थापन गरिने छ । ध्यान केन्द्र तथा सभाहलमा प्रवेश गर्ने ढोका पासवर्डले खोल्न सकिने गरी निर्माण गरिएका छन् ।
हलमा ५५ साना ढोका रहेका छन् । हलको बाहिरी कम्पाउण्ड वालमा गौतमबुद्धको दुई फिट उचाइका ९७ वटा मूर्ति राखिएका छन् । मुख्यद्धारमा छ फिट अग्लो बुद्धमूर्ति राखिएको छ । पार्किङमा ५० गाडी अट्ने क्षमता रहेको छ । हलको दायाँबायाँ भिभीआइपी लेन र प्रतिक्षालय निर्माण गरिएको छ । एकै पटक ६० जनाले प्रयोग गर्न मिल्ने गरी अपाड.ग मैत्रि शौचालय निमार्ण गरिएको छ ।