भैरहवा बैशाख ३१,
रुपन्देहीको शुद्धोदन गाउँ पालिका वडा नम्बर एकको मतगणना सम्पन्न भएको छ । ११ सय मत गणना गर्दा जसपाले अध्यक्ष ५२९ उपाध्यक्ष ५३९ , नेपाली कांग्रेसले अध्यक्षमा ४६९ मत प्राप्त गरेको छ भने गठबन्धन बाट उपाध्यक्ष पदमा ८५ मत प्राप्त गरेको छ । नेकपा एमाले गाउँ पालिका अध्यक्ष १३९ उपाध्यक्ष १२३ मात प्राप्त गरेको छ । राप्रपा अध्यक्ष २३६ र उपाध्यक्ष २३५ मत प्राप्त गरेका छन् ।