Logo
२०८३, कार्तिक ९ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ९ गते

रुपन्देहीको मर्चवारमा ग्यास विस्फोट, एक महिला घाइते


  • लुम्बिनी चिन्तन
  • बैशाख ३०, २०७९ शुक्रवार
  • 394
    SHARES

भैरहवा बैशाख ३०।

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा शंकास्पद बिष्फोट भएको छ । बिष्फोटमा परि एक महिला घाईते भएकी छन् । मर्चवारी गाउँपालिका वडा नम्बर ५ बनियाँडिहामा ओम प्रकाश मिश्रको घरमा बिष्फोट हुदा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । यस्तै बिष्फोटमा परि उनको श्रीमति ४५ बर्षिय जयमाला पाण्डे घाइते भएकी छिन ।

उनको हात, पाखुरा लगायतको भाग जलेको र उपचारको लागी नजिकै स्वास्थ्य चौकी लगको पारिवारीक श्रोतले जानकारी दियो । बिष्फोट किन र कसरी भयो भन्ने बिषयमा स्थानिय प्रहरीले अनुसन्धान गरि रहेको जनाएको छ । स्थानिय तहको मतदान समेत भइ रहेको समयमा बिष्फोट भएको हो । बिष्फोटबाट पाण्डको घर ढलेको छ ।

भान्छा घरमा बिष्फोट भएको र यसको असर अन्य कोठाहरुमा समेत परेको छ । ग्याँस सिलिण्डर लिक भएर बिष्फोट हुन सक्ने प्रहरी चौकी वडवलियाबाट खटिएको टोलीको अनुमान रहेको छ । यता नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार समेत रहेका ओम प्रकाशका दाजु सोमनाथ पाण्डेले आफ्नो घरमा बम बिष्फोट गराईएको दावी गरेका छन । 


लुम्बिनी चिन्तन

थप समाचार