भैरहवा बैशाख ३०
रुकुम पश्चिममा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीको ठक्करबाट एकजना मतदाताको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा नं. ७ का ७० वर्षीय प्रवीण खत्री रहेका छन् । उनको सल्ले अस्पतालमा मृत्यु भएको हो । अर्थमन्त्री जनार्दन शर्मा, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीलगायत मृतक खत्री परिवारका सदस्यहरुसँगै अस्पतालमा छन् ।