भैरहवा बैशाख ३०
स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
वालिङ नगरपालिका–१४ अर्खलाबासमा मतदाता बोकेको जीप सडकबाट झण्डै १५० मिटर तल खसेको छ ।
३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।
हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए ।
स्थानीय निर्वाचनका लागि मतदाता ओसार्न प्रयोग गरिएको जीप दुर्घटनामा परेको हो।