Logo
२०८३, कार्तिक ९ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ९ गते

लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली समकक्षी शेरबहादुर देउवाबीच भेटवार्ता हुने


  • लुम्बिनी चिन्तन
  • बैशाख २९, २०७९ बिहिवार
  • 348
    SHARES

लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली समकक्षी शेरबहादुर देउवाबीच  भेटवार्ता हुने

भारतीय प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले हेलिप्याडमा स्वागत गर्नेछन्। प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीबीच पवन प्यालेस होटेलमा भेटवार्ता हुनेछ। त्यहाँ मोदी इन्टरनेसनल बुद्धिष्ट फोरमको बैठकमा सहभागी हुनेछन्।

मोदीले एक बिघा जमिनमा एक अर्ब ६० करोड रुपैयाँमा निर्माण हुने बौद्ध विहारको शिलान्यास गर्ने कार्यक्रम छ। मोदी र देउवाले  मायादेवी मन्दिरमा दीप प्रज्वलनसहित पूजाआजा गर्नेछन्।

मोदीका तर्फबाट रोपिएको बोधीवृक्षमा पानी हाल्ने कार्यक्रम पनि छ। उनले मायादेवी मन्दिरछेउको रूखमुनि ध्यान गर्नेछन्। अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा करिब दुई हजार सहभागीलाई मोदी र देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। उनी त्यही दिन अपराह्न भारत फर्किनेछन्।


लुम्बिनी चिन्तन

थप समाचार