Logo
२०८३, कार्तिक ९ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ९ गते

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा


  • लुम्बिनी चिन्तन
  • बैशाख २९, २०७९ बिहिवार
  • 258
    SHARES

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा

भैरहवा बैशाख २९,

 

शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले ३० वैशाख हुने स्थानीय तह निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको जानकारी दिएका हुन् ।

उनले २७ वैशाख मध्यरातिदेखि सुरु भएको मौन अवधिमा निर्वाचन आचारसंहिता पालनामा आयोगले विशेष सजगता अपनाएको बताए ।

अर्यालका अनुसार आयोगले आचारसंहिता लागू भएयता हालसम्म आचारसंहिता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको छ ।

 


लुम्बिनी चिन्तन

थप समाचार