भैरहवा बैशाख १४,
जय बागेस्वरी बहुमुखी सहकारी संस्था लिमिटेड सिदार्थनगर ३ भैरहवाको नवनिमृत भवन बुधवार उद्धघाटन गरिएको छ ।
सिदार्थनगर नगरपालीका वडानं ३ हाटबजार नजीक निमार्ण संपन्न भएको भवनको नेपाली काड.ग्रेस रुपन्देही क्षेत्रनं ४ का संसद तथा संस्थाका सल्लाहकार प्रमोद कुमार यादवले उद्धघाटन गर्नु भएको थियो ।
९५ लाख रुपैयाको लागतमा तिन तल्ले भवन निमार्ण सम्पन्न भएको निमार्ण उपसमितीका संयोजक तथा सहकारीका श्रृण समिती संयोजक अशोक साहले जानकारी दिनु भयो ।

भुईतलामा तिन सटर र एउटा हल , दोस्रो तलामा कार्यालय र हल तथा तेस्रो तलामा किचन र स्टोर निमार्ण गरिएको उहाले बताउनु भयो । भवनको उद्धघाटन गर्दै प्रमुख अतिथी प्रमोद यादवले सहकारीको माध्यम बाट जनतालाई सेवा प्रदान गर्दै संस्थाको आप्नै भवन निमार्ण गर्न सफल भएकोमा सहकारी संस्थाका पदाधिकारी र बिभिन्न उपसमितीका सदस्यहरुलाई सुभकामना दिनु भयो ।

कार्यक्रम दशरथ कुमार भक्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवन निमार्ण तथा श्रृण उपसमिती संयोजक अशोक शाह , सहकारीका संस्थापक अध्यक्ष अमर कुमार झा, उपाध्यक्ष लाल मन शाह, लेखा समिती संयोजक सियाराम यादव ,बरिष्ठ ईउन्जिनियर सिताराम भक्त, कृर्षी बिकास बैक प्रदेश कार्यालयका प्रमुख राजेश कुमार श्रीवास्तवले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम धना अधिकारीको संचालन तथा सत्रुधन पंण्डीतको स्वागतमा सम्पन्न भएको थियो ।