भैरहवा बैशाख ८
सिद्धार्थनगर नगरपालिका न्यायीक समितीले चालु आ ब २०७८/७९ मा भए गरेका कार्यको जिल्ला अदालत रूपन्देहीका प्रमुख माननीय न्यायाधीश माननिय धनसिंह महराको टोलिले अनुगमन गरेको छ ।
अनुगमनको क्रममा न्यायीक समितिमा परेका विवादहरुको विवाद निरुपण कसरी गरिएको छ ? स्थानीय संचालन ऎन २०७४ मा कानूनी क्षेत्राधिकार भित्र रहेर गरेको छ कि छैन ?मेलमिलाप प्रक्रिया कसरी भैरहेको छ ?वादी प्रतिवादीहरुमा तारेख कसरी दिएको छ? म्याद गुजारेका छन कि छैन्न अन्य कानूनी जटिलता के छ ? भन्ने विषयबारे बुझीएको थियो ।
कार्तिक देखि चैत्र मसान्तसम्म ४५ वटा विवाद मध्य १३ विवाद सहमती भएको ,२६ विवाद सम्बन्धित अदालत जानू भनि फैसला गरिएको र ६ वटा विवाद फरछ्यौट गर्न बाकी रहेकोे जानकारी न्यायीक समिति शाखाले जनाएको छ । न्यायीक समितीका संयोजक उमा काफ्ले , समितिका सदस्य केदारमान राजभण्डारी , उमेश थापा लाटोमगर , प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनी ,मेलमिलाप केन्द्रका संयोजक भिष्मराज पन्थी ,ना सु रेखा तुलाधर ,सुरुची चौधरी ,जिल्ला अदालत रूपन्देहीका ना सु चोप बहादुर पाण्डेको उपस्थिति रहेको थियो ।
अनुगमनटोलीका प्रमुख माननिय जिल्ला न्यायाधीश धनसिंह महराले न्यायीक समिति र मेलमिलाप केन्द्रले गरेका कार्यको प्रशंसा एंव उच्च मुल्यांकन गरिएको न्यायीक समितिका सदस्य उमेश थापा लाटोमगरले बताउनु भयो ।