भैरहवा बैशाख ८
भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल बिहिबार देखी संचालनमा आएको छ । अघिल्लो महिना एरो थाईले क्यालिब्रेसन ल्पाईट सकेसंगै संचालनको तयारीमा पुगेको बिमानस्थल बिहिबार बाट संचालनमा आएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दहालले जानकारी दिए ।
बिहिबार देखी धावनमार्गमा उडान र अवतरण सुरु भएको छ अब कुनै पनि ठुला जहाज भैरहवामा अवतरण गर्न सक्ने छ दाहालले भने । बिहिबार बिहान यती एयरले पहिलो उडान र बुद्ध एयरले पहिलो अवतरण गरेका थिए । अब काठमाण्डौमा हुने ट्र्राफिक जामको बिकल्प खुलेको छ महाप्रबन्धक दहालले भने । अब सबै उडान र अवतरण पुरानो रनवेमा नभएर नयाँ रनवेमा हुने छ । पुरानो रनवेलाई टयाक्सी वे मा परिणत गरिएको छ । सन् १९५८ जुलाई ८ तारिखबाट संचालनमा आएको गौतमबुद्ध विमानस्थलको धावन मार्ग यस अगाडी १५ सय मिटर लामो रहेको थियो । ६४ वर्ष पछि बिमानस्थल अन्तराष्ट्र्रिय बिमानस्थलमा परिणत भएको छ । भैरहवामा बुद्ध, यती, श्री, सौर्य, गुण लगायतले उडान भर्दै आएका छन् । विमानस्थल बुद्धजयन्तीकै अवसर पारेर जेठ २ गते देखी अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ ।