Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

देवर र श्रीमानले गरे हत्या, दाइजोको कारण श्रीमानले जलाएर गरे हत्या


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २३, २०७७ आइतवार
  • 660
    SHARES

देवर र श्रीमानले गरे हत्या, दाइजोको कारण श्रीमानले जलाएर गरे हत्या

भैरहवा । रुपन्देहीमा ऋण मिनाहा सहित विमा रकम भुक्तानीको लोभको कारण देवर श्रीमान मिली हत्या गरेका छन । रुपन्देहीको पतिजियामा हत्यालाई दुर्घटना भन्दै जाहेरी दिने श्रीमान सहित देवरलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हत्याको आरोपमा अभियुक्तलाई सार्वजनिक गरेको हो । 
गत सातामात्रै रुपन्देहीको कोटहीमाई गाँउपालिका १ पतिजियामा भएको सवारी दुर्घटनामा परि मृत्यु भएको भनिएको घटना योजना सहित हत्या भएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । सिपवा स्थित झुलनीपुर देखि मर्चवार जाने सडकमा पिकअपको ठक्करबाट महिलालाई ठक्कर दिई व्याक गरेर पटक पटक गाडी चढाई महिला शक्त घाइते भएको अवस्थामा छ भन्ने सूचना इलाका प्रहरी कार्यालयले पाउनासाथ घटनालाई घटनाको अनुसन्धान सुरु ग¥यो । 
घटना नजिकै मृतकको श्रीमान शैलेश कुमार लोध छोरा सहित मोटरसाइकलमा गइरहेको र उनको साथमा २ जना सवार अर्को मोटरसाइकल पनि रहेको भनि श्रीमानले जाहेरी दिएका थिए । श्रीमानकै संलगनतामा भएको हत्याको जाहेरीमा लुटपाट भन्ने देखाएपनि श्रीमानले नै योजनाबद्ध रुपमा श्रीमतिको हत्या गरेको प्रहरीले अनुसन्धानबाट कबुल गराएको छ । प्रहरीले आवश्यक अनुसन्धानका लागि प्रारम्भिक चरणमा सवारी सधान र चालकलाई नियन्त्रणमा लिएपनि आवश्यक सोधपुछ र सवारी परिक्षणले दुवै अवस्था घटनास्थलमा नभएकोले प्रहरीले दुर्घटना नभई हत्या भएको हुन सक्ने आकलन गरेको थियो ।  
घटनालाई प्रहरीले दोस्रो चरणबाट अनुसन्धान गर्न श्रीमान र घर परिवारलाई निगरानी र शंकास्पद व्यवहारले उनीहरुको संलगनता रहेको पुष्टि ग¥यो । अनुसन्धानबाट परिवारमा नै शंका भएपछि घटना भएको तेस्रो दिन अभियुक्त मृतकका पति शैलेश कुमार लोध र देवर राजेश कुमार लोधलाई प्रहरीले नियन्त्रणमा लिई ज्यान सम्बन्धी मुद्धा चलाइरहेको छ । मृतकको नाममा रहेको ऋण फिर्ता हुने र भारत तथा नेपालबाट करिब ४० लाखको विमा रकम मृत्यु भएपछि पाउने लोभका कारण योजनाबद्ध रुपमा आफ्नौ भारतिय कारले किचेर ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घरमै देवरले चलाएको गाडीबाट दाजु भाईले हत्या गरी पैसाको लोभले हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलले जानकारी दिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई मुद्धा चलाइरहेको छ, घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरिक्षक रबिन्द्र महतले जानकारी दिए । 

दाइजो र आपसी कलहले जलाए श्रीमति

रुपन्देहीमा पछिल्लो सात महिनामा ७ वटा हत्याका घटना भएका छन । अधिकांस सम्पति तथा अर्थिक लोभ,  रिसिबी र विपरीत लिङ प्रतिको आकर्षणले हत्याका घटना हुने गरेका छन । रुपन्देहीमा भएको घटना यिनै कारणले भए पनि रुपन्देही प्रहरीले ७ वटै घटनामा सफलता पाएको छ । रुपन्देही प्रहरीले आइतबार अर्को एउटा हत्याको घटना पनि सार्वजनिक गरेको छ । रुपन्देहीकै लुम्बिनी सास्कृतिक नगरपालिका १३ कालिदहमा श्रीमानले श्रमितिलाई आगो लगाई हत्या गरेका छन । पुष १ गते  करिब राती ७ बजे २१ वर्षीय सम्झना चाई घरमा जलेको अवस्थामा आत्मदह गरेको भन्ने सूचना प्रहरीले पायो, आत्महत्या जस्तो दखिने तर शंकास्पद रहेको उक्त घटना प्रहरी पोष्मार्टम र अनुसन्धानबाट आत्महत्या गरेको भन्ने देखाउन  खोजेको पुष्टि गरेको छ । हत्या गरी आत्महत्या देखाउने श्रीमानको प्रयास प्रहरीले विफल बनाएको छ ।
 प्रहरीलाई घटनामा केही शंका लागेसँगै बिभिन्न कोण फाइदा वेफाइदा घटना निम्तिएको कारणबारे अनुसन्धान गर्न मृतकका श्रीमान मुकेश चाईलाई पक्राउ गरी अनुसन्धान थाल्यो । प्रहरीको टिमले घटना हेर्ने वितिकै र त्यहाका वातावरण हेरेर मृतकले आत्मदह नगरी केही कैफियत रहेको आकलन गरे उत्तानो अवस्थामा माथीको भाग मात्र जलेको, पोष्टमार्टममा पनि भित्रीभागमा धुवा नगएको देखेपछि केही कारणले हत्या भएको पुष्टि गरे । तर के कारणले हत्या भयो भन्ने बारे अनुसन्धान गर्दै जादा उनकै श्रीमान मुकेशले दाईजोको लोभमा हत्या गरेको रहस्य खुल्यो । 
मृतकको माइती पक्षले ईलाका प्रहरी कार्यालय लुम्बिनीमा दाइजोको कारण हत्या भएको जाहेरी दिए पछि घटनाले नया मोड लियो । एक वर्ष अघि उनीहरु बीच प्रेम विवाह भएको थियो, विवाह भएको ७ महिनामै जन्मिएको बालकको मृत्यु भए पछि उनीहरु बीच बच्चा र दाइजोको विषयलाई लिएर विवाद भइरहेकोले श्रीमानले हत्या गरेको अनुसन्धानमा देखिएको छ । चाईलाई प्रहरीले नियन्त्रणमा लिई ज्यान सम्बन्धि मुद्धा चलाइरहेको छ  । श्रीमानले कोठा भित्र गई श्रीमतिलाई घाटी बेरेर मारेको, र वेडमै आगो लगाई भित्रबाट चुक्कुल बन्द गरी भेन्टिलेसनबाट बाहिर बासको सिडी बनाई निस्केको स्वीकारेका छन ।
 आत्महत्या गरेको देखाउनका लागि आगो लगाएपछि पानी हालेर बचाउन खोजेको जस्तो देखिने गराउन ढोकाको चुक्कुल फोडेर कोठा भरि पानी देखाई बच्न खोजे पनि प्रहरीले उनलाई अनुसन्धानबाट आरोपित प्रमाणित गरेको छ । 


लुम्बिनी चिन्तन

थप समाचार