Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

प्रो क्लब च्याम्पियनसीपको उपाधी रुपन्देही–११ लाई ।


  • लुम्बिनी चिन्तन
  • बैशाख ३, २०७९ शनिवार
  • 782
    SHARES

प्रो क्लब च्याम्पियनसीपको उपाधी रुपन्देही–११ लाई ।

 

भैरहवा बैशाख २
विश्व क्रिकेटका महारथि अष्ट्रेलियन क्रिकेटर स्वर्गीय सेन वार्नलाई स्मरणमा आयोजना गरिएको प्रो–क्लब च्याम्पियनसीप क्रिकेट प्रतियोगीताको उपाधि रुपन्देही ११ ले हात पारेको छ । जोरा इन्टरनेशनल प्रालिको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा शनिबार सम्पन्न फाईनल खेलमा घरेलु टोली रुपन्देही–११ ले मलेशिया–११ लाई ७ विकेटले हराउदै उपाधि हातपारेको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरी बहादुर थापाले जानकारी दिए ।
टस जितेर रुपन्देहीले मलेशिया ११ लाई ब्यटिङ्गको निम्तो दिएको थियो । 
मलेशिया–११ ले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ४० रन बनाएको थियो । 
प्रतियोगीतामा मलेशियाका लागी नजरिल रहमानले २२ बलमा ४ चौका २ छक्काको सहयोगमा ३६ रन बनाए । अर्का खेलाडी जुबैदी जुल्किफ्ले ले १६ बलमा ४ चौका १ छक्काको सहयोगमा २६ रन बनाए । 
बलिङ्गमा थोरै कमजोर देखिएको रुपन्देहीेका वसिर अहमदले ४ ओभरमा ३२ रन खर्चिएर २ विकेट लिएका थिए । यस्तै कृष्ण कार्की, रुपेश कुर्मि, बिक्रम भुसाल र बिशाल बिक्रम केसीले समान १÷१ विकेट हासिल गरेका थिए ।
१ सय ४१ रनको लक्ष्य लिएको रुपन्देही ११ ले सुरुवात देखीनै दवावमा राखेको थियो ।  प्रतियोगिताको उद्घाटन खेलमा समेत मलेशियालाई फराकिलो अन्तरले हराएकाले रुपन्देही ११ जित्ने मनोवलका साथ मैदानमा छिरेको थियो । पहिलो ओभरमा १४ रन बनाएको रुपन्देहीले दोश्रो ओभरमा देव खनाललाई गुमायो । २२ रनको योगफलमा पहिलो विकेट गुमाएको रुपन्देहीले दोश्रो विकेट १ सय ३४ रनमा गुमायो । प्रतियोगीतामा रुपन्देहीका  प्रज्वल थापाले अर्धशतकीय पारी खेलेका थिए । उनले ६१ बल खेल्दै ८ चौका र २ छक्काको सहयोगमा ७१ रन बनाए । यस्तै सन्दिप रजालीले ४१ रन बनाए । 
बलिङ्ग तर्फ मलेशियाका मोहम्मद वकिफ, शैयद अजीज र शरवीन मुनीन्दीले १÷१ विकेट लिए । फाईनल खेलमा ७१ रन बनाएका प्रज्वल थापा मैन अफ द फाइनल घोषित भए । प्रतियोगितामा १ सय १९ रन बनाएर तथा १० विकेट लिएका वसिर अहमद मैन अफ द सिरिज घोषित भए । 
उपाधिसंगै रुपन्देही–११ ले नगद २ लाख ५० हजार, दोश्रो हुदै मलेशियाले १ लाख, तेश्रो युपी–११ नगद ५० हजार र चौथो हुदै नेपाली सेनाले २५ हजार पुरस्कार हातपारेका थिए ।
चैत २५ देखि वैशाख ३ गतेसम्म नेपालमा पहिलोपटक आयोजना गरिएको टी–२० क्लब क्रिकेट प्रतियोगितामा नेपालका चार, भारतका दुई, मलेसिया र बंगलादेशका १–१ क्लब सहभागी थिए ।


लुम्बिनी चिन्तन

थप समाचार