Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सडक खाना महोत्सवको पूर्वसन्ध्यामा होटल तथा रेष्टुरेन्ट ब्यावसायी संगठनद्धारा भैरहवामा सरसफाइ


  • लुम्बिनी चिन्तन
  • चैत्र २८, २०७८ सोमवार
  • 2.4K
    SHARES

सडक खाना महोत्सवको पूर्वसन्ध्यामा होटल तथा रेष्टुरेन्ट ब्यावसायी संगठनद्धारा  भैरहवामा सरसफाइ


भैरहवा चैत्र २८,
सिद्धार्थ सडक खाना महोत्सवको पूर्वसन्ध्यामा होटल तथा रेष्टुरेन्ट ब्यावसायी संगठन, रुपन्देहीले सोमबार भैरहवाको देवकोटाचोक क्षेत्रमा सरसफाई गरेको छ । नयाँ वर्ष–२०७९ को अवसरमा संगठनले चैत्र ३० गते सडक खाना महोत्सव गर्दैछ । त्यसको अवसरमा सडक सरसफाई गरिएको संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले बताउनु भयो ।

safae 6.jpg
भैरहवाको देवकोटा चोकदेखि महोत्सव स्थलसम्म सरसफाई गरिएको कार्यक्रम संयोजक दलबहादुर थापाले बताउनु भयो । ‘सडकमै खाउँ, सडकमै रमाउँ’भन्ने नारासहित महोत्सव हुन लागेको हो । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई उकास्न टेवा पुर्याउने उद्देश्यले खाना महोत्सव आयोजना गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनु भयो ।

safae 2.jpg
महोत्सवमा स्थानीय कला संस्कृति, स्थानीय सांस्कृतिक नृत्य, विद्यालय नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रस्तुति तथा डिजेसहितका कार्यक्रम हुने संगठनका महासचिव राजेश महोत्राले बताउनु भयो । खाना महोत्सवमा सानादेखि तारे होटलसम्मका खानाका स्वाद लिन पाइने छ । साथमा थारु, नेपाली, चाइजिन, इन्डियन, थाइलगायत सबै किसिमका खानाहरु सडकमै पाइने छ ।

safae 3.jpg
महोत्सवले विगत ३ वर्षदेखि थला परेको पर्यटन व्यवसायमा रौनकता ल्याउने आशा गरिएको छ । महोत्सवमा विभिन्न खानाका परिकारसहितका १ सय वटा स्टल रहने छन् । स्वदेशी तथा भारतयि र तेस्रो मुलुकका गरी ५० हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ । महोत्सवमा हास्य कलाकार सुमन कोइराला (दले दाई), गायक खुमन अधिकारी, अफसर अलि, सुमन थापा, डिजे रुकेन श्रेष्ठ, लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।
होटल तथा रेष्टुरेष्ट ब्यावसायी संगठन रुपन्देही आयोजक रहेको महोत्सवमा सहआयोजक सिद्धार्थनगर नगरपालीका र घरेलु तथा साना उधोग कार्यालय रुपन्देही छ । प्रबद्र्धकमा पर्यटन डिभिजन कार्यालय रुपन्देही लुम्बिनी प्रदेश र संरक्षकमा उद्योग ब्यापार संगठन रुपन्देही छ । संस्थागत सल्लाहकारमा सिद्धार्थनगर उद्योग बाणिज्य संघ रुपन्देही छ । सहयोगी संस्थाहरुमा नाट्टा लुम्बिनी प्रदेश, सिद्धार्थ होटल एशोसिएन, लुम्बिनी होटल संघ नेपाल र मदिरा ब्यावसायी संघ भैरहवा छ भने इभेन्ट पार्टनरमा युनिक साउण्ड छ ।


लुम्बिनी चिन्तन

थप समाचार