भैरहवा चैत्र २५
नेपाल इँट्टा उद्योग महासंघको अध्यक्षमा शंकरबहादुर चन्द निर्वाचित भएका छन् । महासंघको भैरहवामा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशन तथा तेह्रौं वार्षिक साधारण सभाबाट आगामी तीन वार्षको कार्यालयका लागि चन्दको नेतृत्वमा २६ सदस्यीय केन्द्रिय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
चन्द यसअघि महासंघको बरिष्ठ उपाध्यक्ष थिए । निर्वाचनबाट महासंघको बरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद अवाल, दुई प्रथम उपाध्यक्षमा विनयकुमार यादव र राजेन्द्रप्रसाद प्रजापती, महासचिवमा केदार गोसाई, कोषाध्यक्षमा कृष्ण अवाले सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यस्तै, महासंघको पाँच सचिवमा मदनराज पनेरु, नातिभाई ह्योम्बा, चन्द्रदेव यादव, जगन्नाथ शर्मा खनाल र जैलुन खाँ निर्वाचित भएका छन् ।
यसैगरी सह–सचिवमा आशाराम फाँजू, रमेश खनाल र नागेन्द्र चौधरी, सह–कोषाध्यक्षमा लक्ष्मीप्रसाद त्वानावासु, बाबुराम पाठक, राम विनोद साह, धर्मेन्द्र श्रेष्ठ र सुरेन्द्र कठायत निर्वाचित भएका छन् । यस्तै, सदस्यहरुमा गोविन्दराम पन्थ, एकराज गजुरेल, टंकबहादुर बुढा, रामआशिष प्रसाद चौरसिया, महेन्द्र अग्रवाल, दीपबहादुर ऐर र शिवशंकर महतो निर्वाचित भएका छन् । नवनर्विाचित अध्यक्ष चन्दले महासंघको गरिमालाई उच्च राख्दै व्यवसायिक हकहीतमा आफूले काम गर्ने बताए । उनले इँट्टा उद्योगीले झेल्दै आएका समस्या समाधानमा तीनै तहका सरकारसँग समन्वय गरेर अघि बढ्ने जनाए । महासंघमा मुलुकभरका एक हजार दुई सय बढी इँट्टा उद्योगी आबद्ध छन् ।
महाधिवेशनमा करिब ३ सय प्रतिनिधि सहभागी थिए । सुक्रबार नवनिर्वाचित अध्यक्ष चन्दले सरकारले ब्यावसायिहरुलाई सहयोग नगरेको गुनासो गर्नु भयो । स्वदेशी उधोग र हजारौको राजगारी जोडिएको उधोगलाई हेर्ने दृष्टी सरकार र डलरको खेति गार्ने एनजीओहरुको एउटै भएको बताउनु भयो । हामीले काम गर्ने कामदारको कुखुराको भल्ल देखी कुकुरको बच्चा र बाख्रा सम्म सिजनमा पानु पर्ने हुन्छ उनिहरु आप्नौ बच्चहरु सहित जनावर सम्म लिएर काम गर्ने स्थानमा आउछन् । त्यो समयमा मजदुरका बच्चा उधोगमा काम होईन उनिहरुका अभिभावकहरु संग खेल्ने गरेका हुन्नछन् हामी त्यो दृश्यलाई बालश्रम भनेर आरोप खेप्नु परेको छ चन्दले भन्नु भयो ।