Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेवा खलः सिद्धार्थनगरको २१औं वार्षिक साधारण सभा तथा १७औं अधिवेशन , अध्यक्षमा चन्द्र प्रकाश


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २२, २०७७ शनिवार
  • 854
    SHARES

नेवा खलः सिद्धार्थनगरको २१औं वार्षिक साधारण सभा तथा १७औं अधिवेशन , अध्यक्षमा चन्द्र प्रकाश

भैरहवा । नेवा खलः सिद्धार्थनगरको २१औं वार्षिक साधारण सभा तथा १७औं अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ ।


खल परिसरमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेवा पुन्चः बुटवलकी निवर्तमान अध्यक्ष ज्ञानुलिगल, विशिषट अतिथी नगर प्रमुख हरि प्रसाद अधिकारी , पूर्व अध्यक्ष एवं सल्लाहकार (संस्थापक सदस्य) कृष्ण प्रसाद द्धा, पूर्व अध्यक्ष एवं सल्लाहकार विजय गोविन्द श्रेष्ठ पूर्व अध्यक्ष एवं सल्लाहकार तथा निर्वाचन अधिकृत राजु नारायण श्रेष्ठ , निवर्तमान अध्यक्ष सुवर्णमुनी शाक्य , सल्लाहकार धर्मराज श्रेष्ठ , सल्लाहकार चन्द्रमान श्रेष्ठ , सल्लाहकार चन्द्र प्रकाश श्रेष्ठ , सल्लाहकार सनत कुमार श्रेष्ठ , ओमकार गौचन , वरिष्ठ समालोचक वाल कृष्ण भट्टराई लगायतले आसपासका नेवारी समुदायहरुकाे संगठित गरी नेवारी समुदायकाे संस्कृतिलाई जगेर्ना गर्नका लागि खलकाे अहम भुमिका रहेकाे बताए । नेपाल बिभिन्न जातजाति,भाषा भाषीकाे बहुल्य रहेकाे देश हाे सबैकाे सम्मान गर्दै नेवारी संस्कृतिलाई जगेर्ना गर्नका लागि नेवारी समुदायका सबै मानिस लाग्नुपर्ने बताए ।


कार्यक्रममा नेवा प्रतिभा पुरस्कारबाट २०७६को एस.इ.इ को  टपर काशी नोवल एकेडेमीका सिद्धान्त श्रेष्ठ र  प्यारामाउण्ट स्कुल शंकरनगरकी दीया श्रेष्ठ लाई जनही रु २५०० र सम्मान पत्रबाट सम्मानीत गरिएको थियो । त्यसै गरि नगर प्रतिभा पुरस्कारबाट डा. शोफीया श्रेष्ठ , डा. काजल प्रधान , डा. निकिता लाकौल , डा. निरज श्रेष्ठ , डा. सविता श्रेष्ठ जेष्ठ नागरिक सम्मान पुरस्कारबाट पूर्व अध्यक्ष दिपक श्रेष्ठ , राष्ट्रिय नेवा प्रतिभा सम्मान पुरस्कार अन्तरराष्ट्रिय टाइकान्डो गोजोरिया कराते ओपन इन्टरनेशनल च्याम्पीयनशीप २०१९मा तिलोत्तमा नगरपलिका शान्ति नमुना माध्यमिक विद्यालयका विद्यार्थी सविन श्रेष्ठ सम्मानित भए । 

 नेवा खलः सिद्धार्थनगरका अध्यक्ष राम बहादुर श्रेष्ठको अध्यक्षतामा भएकाे कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव भाग्यवान महर्जनले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्ण कुमार श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यक्रमको स्वागत निवर्तमान अध्यक्ष सुवर्णमुनी शाक्यले गरेका थिए भने नेवा खलः सिद्धार्थनगरका सचिव भाग्यवान महर्जनले कार्यक्रम संचालन गरेका थिए । 

अध्यक्षमा चन्द्र प्रकाश श्रेष्ठ

नेवा खलकाे १७ औँ अधिवेशनले चन्द्र प्रकाश श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ । जस्को उपाध्यक्षमा चन्द्र भक्त श्रेष्ठ, सचिवमा हरि सुन्दर मानसिंह श्रेष्ठ, सह सचविमा विश्व प्रकाश श्रेष्ठ र ९ जना कार्य समिति सदस्य चयन गरेको छ । समितको कोषाध्यक्ष सहित अन्य बाकी पद पूर्तिका लागि साधारण सभाले नया नेतृत्वलाई अधिकार दिएको निर्वाचन अधिकृत राजु नारायण श्रेष्ठले जानकारी दिए ।अधिवेशनले 




लुम्बिनी चिन्तन

थप समाचार