भैरहवा चैत्र २५,
सुक्रबार देखी भैरहवामा प्रो क्लब च्याम्यिनसीप क्रिकेट प्रतियोगीता सुरु भएको छ । प्रतियोगीताको उद्धघाटन खेलमा रुपन्देही ११ ले मलेसियाको टिमलाई ६ बिकेटले पराजित गरेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगीतामा मलेसिया–११ नेपाल र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टि–२० आई सिरिज खेलेर भैरहवा आएको थियो ।
मलेसिया ११ घरेलु टिम रुपन्देहीसँग पराजित भएको छ । १ सय ३२ रनको विजयी लक्ष्य रुपन्देहीले १९.२ ओभरमा ४ विकेटमा पुरा गरेको थियो। रुपन्देहीको जितमा अलराउन्डर वशिर अहम्मदले १८ बलमा ४ चौकासहित २७ रनमा अविजित रहे । ओपनर प्रज्वल थापाले ३२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३८ रनको योगदान दिए । सन्दीप रजाली १४ बलमा २ चौका र २ छक्कासहित २४ रनमा अविजित रहे ।
रुपन्देही ११ लाई बिजयी बनाउन ओपनर देव खनाल र प्रज्वल थापाले ९.३ ओभरमा ५२ रनको साझेदारी गरे । नेपाली टोलीबाट अघिल्लो साता पपुवा न्युगिनीविरुद्ध डेब्यू गरेका देव खनालले ३४ बलमा २ चौकासहित २२ रन जोडे । सुशान्त थापा ६ र तुल बहादुर थापा ७ रनमा आउट भए । मलेसियाका विरनदीपसिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । मोहम्मद आमिर सैद अजिज १ रनमा आउट भए ।
त्यसअघि सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको मलेसिया १९.५ ओभरमा १ सय ३१ रनमा अलआउट भएको थियो । मलेसियाका ओपनर विरनदीप सिंहले ६३ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६६ रनको योगदान दिए । सैद अजिजले २१ बलमा ४ चौका सहित २५ रन जोडे ।
ओपनर जुबैदी जुल्किफ्लिी र कप्तान अहमद फैज १–१ रनमा आउट भएका थिए । जुबैदी स्पिनर अनिल खरेल र फैज कप्तान कृष्ण कार्कीको बलमा बोल्ड भए । वशिर अहम्मदले एनुल हफिज र सैद अजिजलाई आउट गरे । दुर्गेश गुप्ताले मोहम्मद आमिरलाई १ रनमा बोल्ड गरी आउट गरे ।
शार्विन मुनीआन्दीले १५ बलमा ३ चौका र १ छक्कासहित २८ रन जोडे । मलेसिया ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । रुपन्देहीका वशिर अहम्मदले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान कृष्ण कार्कीले ३.५ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । अनिल खरेल, दुर्गेश गुप्ता र विक्रम भुषालले १–१ विकेट लिए ।
रुपन्देहीले अव आइतबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । मलेसियाले सोमबार पुश स्पोर्ट्स दिल्लीसँग खेल्नेछ । काठमाडौंको जोरा इन्टरनेशनल प्रालिको आयोजनामा भएको प्रतियोगितामा नेपालका चारसहित भारतका दुई तथा मलेसिया र बंगलादेशका १–१ क्लब सहित ८ टिमले सहभागीता जनाएको रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुड.ले जानकारी दिए ।
जोरा इन्टरनेशनल प्रालिको आयोजना रुपन्देही क्रिकेट संघको समन्वयमा सुरु भएको खेलको उद्धघाटन सिदार्थनगर नगरपालीकाका मेयर हरी प्रसाद अधिकारीले गरेको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरी थापाले जानकारी दिए ।