भैरहवा चैत्र २०
६५ औं राष्ट्रिय सहकारी दिवस २०७८ भैरहवामा बिभिन्न कार्यक्रम गरि मनाईएको छ । “ मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने मूल नाराका साथ सिद्धार्थनगर नगरपालिका र मूल समारोह समिति सिद्धार्थनगरको संयुक्त आयोजनामा सहकारी दिवस तथा पुरस्कार र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
मूल समोरोह आयोजक समिति संयोजक कुल प्रसाद न्यौपानेको अध्यक्षता , सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रशासकिय अधिकृत तुल्सीराम मरासिनी, आर्थिक विकास संयोजक थानेश्वर पौडेल, सहकारी अधिकृत कमल कान्त खनाल, सिद्धार्थ उद्योग वाणिज्य संघ का अध्यक्ष भिष्म प्रसाद न्यौपाने र राष्ट्रिय सहकारी बैंक लि. भैरहवा शाखा प्रबन्धक आलोक शिवाकोटी, रुपन्देही व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवाली, समाजसेवी भरत कुमार पोखरेलको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रम त्रिशुल सहकारीका प्रबन्धक सरीता रानाको संचालन तथा लुम्बिनी सहकारीका प्रबन्धक राम प्रसाद बरालको स्वागतमा सम्पन्न कार्यक्रममा भैरहवा क्षेत्रमा पहिलो पटक आयोजिना गरिएको प्रभात फेरी कार्यक्रममा यस क्षेत्रका करिब ४० सहकारी संस्थाका सञ्चालक पदाधिकारी, लेखा सुपरिवेक्षण पदाधिकारी, शेयर सदस्यहरू र कार्यरत कर्मचारीहरूको सहभागिता भएको थियो ।

प्रभात फेरी लुम्बिनी गेटबाट शुरु भई नारायण पथ, मैत्री पथ र बैंकरोड हुँदै सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा विशेष कार्यक्रम गरि समापन गरिएको थियो । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ का अध्यक्ष भिष्म प्रसाद न्यौपाने र राष्ट्रिय सहकारी बैंक लि. भैरहवा शाखा प्रबन्धक आलोक शिवाकोटी, रुपन्देही व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवाली, समाजसेवी भरत कुमार पोखरेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सहकारी दिवसको उपलक्ष्यमा नगर पालिकाबाट विभिन्न विद्यामा पाँच वटा सहकारी संस्थाहरूलाई पुरस्कृत तथा सम्मान समेत गरिएको थियो । पुरस्कृत हुनेमा एकीकरण पछिको लुम्बिनी उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था लि., उत्कृष्ट व्यवसाय तर्फ नेपाल बहुमुखी सहकारी संस्था लि., उत्कृष्ट सहकारी व्यवस्थापनमा अङ्कुर बचत तथा ऋण सहकारी संस्था लि., सहकारी अभियानको क्षेत्रमा उत्कृष्ट व्यवस्थापक तर्फ लुम्बिनी बचत तथा ऋण सहकारी संघ लि. का प्रबन्धक राम प्रसाद बराल र उत्कृष्ट सहकारी अभियान तर्फ गौरवान्वित बचत तथा ऋण सहकारी संस्था लि.सहित सबैलाई प्रमुख अतिथिबाट नगद र प्रशंसा पत्रद्वारा पुरस्कृत एवं सम्मान गरिएको थियो । मूल समारोह आयोजक समितिको तर्फबाट प्रभातफेरीमा सहभागी सम्पूर्ण ३८ वटा सहकारी संस्थाहरूलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।