भैरहवा चैत्र १८,
६५औ रास्ट्रिय सहकारी दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम गरि मनाउने क्रममा टुगा आस्था बिकास साकोस रुपन्देहीले रुपन्देहीका दुइवटा अनाथ बालगृहलाइ खाद्दन्न सहयोग गरेको छ ।

साकोसको आयोजनामा भएको कार्यक्रमलाइ साकोसको युवा तथा सामाजिक उपसमितिले संयोजन गरेको थियो । भैरहवा स्थित सिद्धार्थ बालगृहलाइ बालबालिकालाइ नास्ताखाजा सामग्री र सरसफाई सामग्री सहयोग कार्यक्रमको अध्यक्षता युवा÷सामाजिक उपसमिति सदस्य गिरिजा शाही ठकुरीको र संचालक सदस्य अर्चना सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
त्यस्तै गरि तिलोत्तमा–१५ कोटीहवा स्थित अविनास अनाथ आश्रमका बालबालिकालाइ चप्पल सहयोग सहित एक दिनको रात्रि खाना सहयोग कार्यक्रमको अध्यक्षता युवा÷सामाजिक उपसमिति सदस्य सफात अलिको रहेको थियो । संचालक सदस्य लक्ष्मी देवी के.सी., धन बहादुर खड्का, बल बहादुर थापाको विशेष आतिथ्यता रहेको थियो ।
भैरहवा बालगृह संचालक कृष्णमाया गुरुङ तथा अविनास अनाथ आश्रम संचालक कृष्ण ज्ञवालीले साकोसको सानो सहयोगले हामिलाइ यी बेसहारा बालबालिकाहरुलाई संरक्षण गर्न उर्जा मिलेको बताउदै सहयोगी संस्था प्रती आभार प्रकट सहित धन्यवाद व्यक्त गर्नु भएको थियो । जिल्ला सहकारी संघ रुपन्देहीको आव्हानमा प्रत्येक वर्ष रास्ट्रिय सहकारी दिवस सप्ताहव्यापी मनाउदै आएको सन्दर्भमा यस वर्ष ४१ जना अनाथ बालबालिका सहयोग गरेको र साकोसले प्रत्येक वर्ष विविध मानवीय तथा सामाजिक कार्य गर्दै आएको मुख्य प्रवन्धक लक्ष्मण कुमार थापाले बताए ।
कार्यक्रममा युवा÷सामाजिक उपसमिति सदस्य सबिता सुबेदी र अजय भट्टराई लगायत व्यवस्थापनका उच्च कर्मचारीको उपस्थिति रहेको उक्त कार्यक्रमहरु मुख्य प्रबन्धक लक्ष्मण कुमार थापाले संचालन गरेका थिए ।