भैरहवा चैत्र १८
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई रुपन्देहीको आयोजनामा सुक्रबार भैरहवामा जोन सुपरजोन स्तरीय योजना तजुर्मा गोष्ठी सम्पन्न भएको छ ।
परियोजना कार्यान्वयन ईकाईका बरिष्ठ कृर्षी अधिकृत नारायण काप्लेको अध्यक्षतामा आर्थिक बर्ष ०७८।०७९ को स्वीकृती कार्यक्रम अन्तरगत आर्थिक बर्ष ०७९।८० को योजना तजुर्मा गोष्ठी सम्पन्न भएको हो । जिल्ला समन्वय समिती रुपन्देहीका संयोजक एकराज बिश्वकर्माको प्रमुख आथित्यता तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी रिसि राम तिवारीको बिशिष्ठ आथित्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न नगरपालीका , गांउपालिका लगायतका स्थानहरुबाट कृर्षी समुहमा आबद्ध प्रतिनीधीहरु , कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा आगामि दिनहरुका सरकारले गर्न सक्ने कामहरुको बिषयमा छलफल हुनुका साथै कृर्षी क्षेत्रमा देखीएको समस्याहरु समाधान गर्ने बिषयमा छलफल भएको थियो । बेमौसमी पानीका कारण कृषकको धान उत्पादनमा नोक्सानी भएको बिषयमा सरकारले केही रकम किसानका लागी बितरण गर्न भनेर पठाए पनि त्यो रकम प्रयाप्त नभएका कारण थप रकम मगाईएको र रकम सम्बन्धीत कृषाको खातामै जाने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी रिसि राम तिवारीले जानकारी दिनु भयो ।
कार्यक्रममा आगामी आर्थिक बर्षका लागी जोन र सुपरजोनमा कस्ता कार्यक्रमहरु थप गर्दै अगाडी बढाउने र कुन कुन कार्यक्रमहरु हटाउदा उपयुक्त हुन्छ भन्ने बिषयमा सुझाव लिईएको कृर्षी अधिकृत जोगेन्द्र कुर्मीले जानकारी दिनु भयो । हाल बिभिन्न क्षेत्रहरुमा माछा , गहु , केरा लगायतका बिभिन्न जोन र सुपरजोनहरु निमार्ण गरि कृर्षी क्षेत्रमा सुधार ल्याउनका लागी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाईले काम गर्दै आईरहेको छ ।