Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

गृहमन्त्रीको पहलमा शियारीमा स्वास्थ्य शिविर


  • लुम्बिनी चिन्तन
  • चैत्र १२, २०७८ शनिवार
  • 856
    SHARES

गृहमन्त्रीको पहलमा शियारीमा स्वास्थ्य शिविर

 भैरहवा, १२ चैत ।

गृहमन्त्री बालकृष्ण खाणको पहलमा रुपन्देहीको शियारी गाउँपालिका–२ मैनहीया स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सुुरु भएको छ । स्वस्थ्य सेवाबाट कोही पनि बञ्चीत हुुन नपरोस भन्ने हेतुुले शिवीरको आयोजना गरीएको हो ।

दुुईदिने शिविरको शनिवार एक कार्यक्रमका बिच लुम्विनी प्रदेशका पर्यटन ग्रामीण तथा शहरि बिकास मन्त्रि डिल्ली बहादुर चौधरीले उद्यघाटन गरेका थिए । शनिवार र आईतवार चल्ने शिविरमा सशस्त्र प्रहरी अस्पताल काठमाडौ र शियारी गाउँपालिकाको सहयोगमा हुन लागेको हो ।

शिविरमा सशस्त्र प्रहरी अस्पतालका विशेषज्ञ डाक्टरहरू र स्थानीय तहका स्वास्थ्यकर्मीहरूको संयुक्त टोलीले नागरिकहरूको स्वास्थ्य उपचार र निःशुल्क औषधि वितरण गर्ने गरीने कार्यक्रम समेत रहेको गृहमन्त्री खाणका स्वकीय सचिव बृजेश न्यौपानेले जानकारी दिए । शिविरमा शनिवार बिहानै देखी आफ्ने स्वस्थ्य परिक्षण गराउन स्थानीयको भिड लागेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार