Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

वन डढेलो सप्ताह सुरु


  • लुम्बिनी चिन्तन
  • चैत्र ११, २०७८ शुक्रवार
  • 640
    SHARES

वन डढेलो सप्ताह सुरु


भैरहवा चैत्र ११,
डिभिजन वन कार्यालय रुपन्देहीको आयोजनामा वन डढेलो नियन्त्रणका बिषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । 
सुक्रबार देखी सुरु भएको वन डढेलो सप्ताह अन्तरगको शुभारम्भ कार्यक्रममा सहभागीहरुले गर्मिको समयमा हुने वन डढेलो न्युनिकरणका लागी आबस्य तयारी अवस्थामा रहनका लागी गरिने पुर्ब तयारीका बारेमा छलफल भएको थियो । 

bbbb.jpg
सप्ताह ब्यापि कार्यक्रम अन्तरगत भएको शुभारम्भ कार्यक्रम डिभिजन वन कार्यालयका प्रमुख बोध राज सुबेदीको अध्यक्षता तथा लुम्बिनी प्रदेश वन वातावरण तथा भु संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा रुपन्द्येहीका प्रमुख जिल्ला अधिकारी क्रृषिराम सुवेदीको बिशिष्ठ आथित्यता रहेको थियो । 
सुभारम्भ कार्यक्रममा प्रमुख सेनानी राम कृष्ण श्रेष्ठ, प्रहरी उपरिक्षक रेविन्द्र रेग्मी,सशस्त्र प्रहरी उपरिक्षक शंकर खनाल, उप अनुसन्धान निर्देशक सुशान्त बराल , सव डिभिजन वन कार्यालयका प्रमुहरु लगायतको उपस्थिती रहेको थियो । 
कार्यक्रममा डिभिजन वन अधिकृत बोधराज सुवेदीले वन संरक्षण र चुनौती सम्बन्धमा आगलागी, वन अतिक्रमण, अतिचरिचरण, र अवैधर चोरी निकाश नियन्त्रणका बिषयमा प्रकाश पारेका थिए । 
कार्यक्रममा प्रमुख अतिथी हमालले डढेलो नियन्त्रणमा सबैको सहभागीता आबस्यक रहेको बताए । वातावरण तथा भुसंरक्षण मन्त्रालयका शाखा अधिकृत टुकराज पाण्डेयको संचालनमा सम्पन्न कार्यक्रममा सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत धनेश्वर न्यौपानेले न्यौपानेले आप्नौ भनाई राखेका थिए ।

 


लुम्बिनी चिन्तन

थप समाचार