भैरहवा चैत्र ११
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद ,सिद्धार्थनगर ,रुपन्देहीको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहयोग एंव समन्वयमा भाषा तथा संस्कृति संरक्षण एंव सम्बर्द्धन सात दिने प्रशिक्षण कार्यक्रमको शुभारम्भ भएको छ ।
उक्त प्रशिक्षण कार्यक्रमको उदघाटन समारोहमा प्रमुख अतिथि महासंघका रुपन्देही अध्यक्ष शंकर गाहा मगरले राजनैतिक आन्दोलन पुरा भयो ,पहिचानको आन्दोलन पुरा भयो अब समृद्धि र विकासको आन्दोलन गर्नु पर्छ भनि रहदा हरेक जातजातिको मौलिक पहिचानको पनि विकास हुन पनि जरुरी रहेको ।
स्थानीय निकायले आदिवासी जनजातिलाई बजेट बाड्फाड गर्दा विभेद गरेको बताउनु भयो । त्यस्तै इतिहासविद्द एंव साहित्यकार गोविन्द बिजय सागरले सबै जातजातिको संस्कृति ,भाषा र इतिहासलाई बुझ्न जरुरी रहेको बताउदै मगर ,गुरुङ, नेवार ,चौधरी र अन्य जातजातिको संक्षिप्त परिचय दिनु भयो ।
सिद्धार्थनगर नगरपालिकाले सिद्धार्थनगरको प्रोफाइल तयारी गरि रहेको जानकारी गराउदै अब सबै जातजातिको सहि तथ्यांक आउने र सबै खाले विकास गर्न सकिने कुरा सामाजिक शाखाका प्रमुख शाखा अधिकृत यादव सापकोटाले बताउनु भयो । सिद्धार्थनगर नगरपालिका वडा नं ८ का वडा सदस्य तथा न्यायीक समितीका सदस्य उमेश थापा लाटोमगरले कार्यक्रमको बारे प्रकाश पार्दै मानव जातिको उत्पत्ति संगै संस्कृति र भाषाको विकास भएकोले यो मानव जातिमा रहिरहने र पुस्ता हस्तान्तरण हुने भएकोले अमर रहि रहन्छ त्यसैले भाषा र संस्कृतिलाई स्वंयम जाति र राज्यले संयुक्त रुपमा संरक्षण र सम्बर्द्धन गर्नु पर्ने बताउनु भयो साथै स्थानीय सरकार संचालन ऎन २०७४ ले व्यबस्था गरे अनुसार बजेट छुटिएको र आदिवासी जनजातिका आफ्नो मौलिक पहिचान भाषा तथा संस्कृतिको संरक्षण सम्बर्द्धन प्रशिक्षण कार्यक्रम गरिएको बताउनु भयो ।
कार्यक्रममा सुर्य कुमार सारु , देवि गुरुङ, रेखा प्रसाद चौधरी ,कमान सिंह गुरुङ ,सतीश कुमार चौधरी ,शेखर बज्राचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । महासंघ नगर परिषदका अध्यक्ष चन्द्र बहादुर राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रेम बहादुर गुरुङले गर्नु भयो भने संचालन राम बहादुर श्रेष्ठले गर्नु भएको थियो ।मगर ,गुरुङ र नेवार भाषा प्रशिक्षण सात दिन सम्म संचालन हुने छ ।