भैरहवा चैत्र १०,
माछापुच्छ्े क्लब पक्लिहवाको आयोजनामा बिहिबार देखी भैरहवामा २८ औ माछापुच्छ्र्े कप फुटवल प्रतियोगिता सुरु भएको छ ।
पक्लिहवा स्थित खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्धघाटन खेलमा आयोजक क्लबले फर्साटिकर एकेडमीलाई २ का बिरुद्ध ३ गोलले पराजित गरेको थियो । प्रतियोगीतामा आयोजक क्लबका खेलाडी बिषाल पुनले पहिलो हापको १५ औ र १६ औ मिनेटमा दुई गोल गरेका थिए भने दोस्रो हापको २९ औ मिनेटमा रोसन गुरुड.ले थप अर्को गोल गरेका थिए ।
प्रतियोगीतामा फार्साटिकरका तर्फ बाट पहिलो हापको १८ औ मिनेटमा मदन पुन र दोस्रो हापको ११ औ मिनेटमा रेसमले थप अर्को गोल गरेका थिए । प्रतियोगीतामा माछापुच्छ्रेका बिषाल पुन म्यान अफद म्याच भएका थिए ।
प्रतियोगीतामा सुक्रबारको खेल भैरहव ए एफ सि नवलपरासी र एन आर वाई सि बवनी बिच हुने आयोजक क्लबका अध्यक्ष युवराज थापाले जानकारी दिए । प्रतियोगीतामा रुपन्देही , नवलपरासी र भारत नौतनावा गरि १६ टिमले सहभागीता जनाउने छन् ।
क्लबका अध्यक्ष युवराज थापाको अध्यक्षता तथा सिदार्थनगर नगरपालीकाका मेयर हरी प्रसाद अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न उद्धघाटन कार्यक्रममा पक्लिहवा कृर्षी क्याम्पसका प्रमुख डा. राम भजन मण्डल रहनु भएको कार्यक्रम संयोजक रोहित थापाले जानकारी दिए ।
बिगत ४ बर्ष देखी रोकिएको फुटवल प्रतियोगीतको २८ औ संस्करण चैत्र २५ गते सम्म चल्ने छ । प्रतियोगीतामा प्रथम हुनेले एक लाख रुपैया र दिप्तीय हुनेले ५० हजार रुपैया , उत्कृष्ठ खेलाडी र सर्बाधिक गोल कर्ताले पांच पांच हजार रुपैया प्राप्त गर्ने गर्ने छ । यस अगाडीको माछापुच्छ्र्े कपमा फर्साटिकर युवा क्लब प्रथम भएको थियो ।