Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

सेन्चुरीद्वारा भानुलाई रु १ लाख सहयोग


  • लुम्बिनी चिन्तन
  • चैत्र १०, २०७८ बिहिवार
  • 1.4K
    SHARES

सेन्चुरीद्वारा भानुलाई रु १ लाख सहयोग


भैरहवा, चैत्र १० ।
सेन्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक दायित्व अन्तर्गत सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा अवस्थित भानु माध्यमिक बिद्यालयलाई रु १ लाख हस्तान्तरण गरेको छ ।
विद्यालयको शैक्षिक एवं भौतिक पूर्वाधार विकासमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको बैंकका प्रदेश प्रमुख बिष्णु तिवारीले बताए । बैंकका भैरहवा शाखा प्रमुख प्रकाश गौतमले विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको तथा बैंकले सामाजिक क्षेत्रमा गरेको योगदानले समाजका विभिन्न तहका समुदायहरु लाभान्वित भई रहदा बैंक स्वयंको गरिमा बढेको बताए । 

2.jpg
कार्यक्रममा बैंकका प्रदेश प्रमुख बिष्णु तिवारी र भैरहवा शाखा प्रमुख प्रकाश गौतमले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक मोतीलाल सुबेदीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । प्रधानाध्यापक सुबेदीले बैंक परिवारलाई धन्यबादज्ञापन गर्दै यस्तो सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा थप टेवा पुग्ने बिश्वास व्यक्त गरे । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । 

3.jpg
यसै बीच बैंकले बिद्यालयमा अध्यनरत कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी एक दिने तालिम समेत प्रदान गरेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार