Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

निर्वाचनका लागि रुपन्देहीमा ३२ दल दर्ता


  • लुम्बिनी चिन्तन
  • चैत्र ७, २०७८ सोमवार
  • 756
    SHARES

निर्वाचनका लागि रुपन्देहीमा ३२ दल दर्ता

भैरहवा चैत्र ७

रुपन्देहीमा ३२ वटा दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका ३२ दल दर्ता भएका हुन् ।

निर्वाचन आयोगले केन्द्रिय निर्वाचन आयोगमा दर्ता भएका तर राष्ट्रिय दलको मान्यता नपाएका ७३ राजनीतिक दलहरुलाई स्थानीय तहको निर्वाचनका लागि आफ्नो कुन-कुन जिल्लामा जिल्ला स्तरको सङ्गठानात्मक संरचनाको विवरण बुझाउनका लागि आइतबारसम्मको समयसीमा दिएको थियो । सो समयभित्र रुपन्देहीमा स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ३२ दलले दल दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार राष्ट्रिय दलको मान्यता नपाएको जनमत पार्टी, मंगोल नेशनल अर्गानाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगशिल पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशिल पार्टी, सचेत पार्टीले दल दर्ता गराएका छन् ।

यस्तै समाजवादी केन्द्र नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाल जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी(समाजवादी), उन्नत लोकतन्त्र पार्टी, नेपाल दलित पार्टी, बहुजन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी(पुष्पलाल), नेपाल सुशासन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), विवेकशील साझा पार्टी, नेपालकालागि नेपाली पार्टी, नेपाली कांग्रेस(वी.पि.), सामाजवादी एकता पार्टी, जनसमाजवादी पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन गरी ३२ वटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । यो सँगै रुपन्देहीमा ३८ दलले दलगत रुपमा चुनावी प्रतिस्पर्धा गर्न पाउने छन् ।

जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलको रुपमा सक्रिय रहेका छन् । आगामी ३० वैशाखमा हुने हुने स्थानीय तहको निर्वाचनको लागि रुपन्देहीमा २०८ वटा मतदान स्थल र ७०४ वटा मतदान केन्द्र निर्धारण भइसकेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोधाप्रसाद भण्डारीले बताए ।

 


लुम्बिनी चिन्तन

थप समाचार