Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

समुन्द्रको झल्को दिने ‘रेडसन वाटर फन पार्क’ सञ्चालनमा


  • लुम्बिनी चिन्तन
  • चैत्र २, २०७८ बुधवार
  • 856
    SHARES

समुन्द्रको झल्को दिने ‘रेडसन वाटर फन पार्क’ सञ्चालनमा

भैरहवा चैत्र २,
भैरहवामा रहेको  रेडसन वाटर फन पार्क सञ्चालनमा आएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरमा रहेका फनपार्क सञ्चालनमा आएको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

fun park press.jpg

हालसम्म १५ करोड बढी लगानी भइसकेको यो वाटर फनपार्कमा नेपालमै पहिलो पटक समुन्द्रको झल्को दिने वेभ पुल निर्माण गरिएको पार्कका निर्देशक बुद्धिराम यादवले बताए । हालसम्म १५ करोड रुपैयाँ बढी लगाइनी भइसकेको यो पार्कमा १५ फिटको स्लाईडिंग, रेन डान्स, लेजी रिभर, बच्चाहरुको बेबी स्लाईडिंग, जेट स्प्रे, अम्ब्रेला सावर लगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि रहने निर्देशक यादवले बताए । उनले भने, ‘२ किलोमिटर कृत्रिम खोला समेत निर्माण भएको र त्यहाँ पाइडेल बोटिंगको व्यवस्था छ ।’

fun park 3.jpg

यो वाटर पार्क भैरहवा घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने र बसाई अवधि लम्ब्याउन सहयोगी बन्नेमा प्रयास रहने रेडसन वाटर फन पार्कका सेल्स एण्ड मार्केटिंग म्यानेर अमृत कुमार खनालले बताए । उनले वाटर पार्कमा प्रवेशका लागि अहिले ३ सय रुपैयाँ र बालबालिकालाई २५० रुपैयाँ तोकिएको बताए । बिहान ९ बजेदेखि ८ बजेसम्म पार्कमा बिताउन सकिने तथा एकपटक प्रवेश टिकट काटेपछि दिनभर बस्न सकिने व्यवस्था रहेको खनालले बताए । ‘यहाँ आउनेका लागि रेष्टुरेण्ट र चारैतिर दृष्यावलोकन मिल्ने स्थान समेत रहेको छ, ’उनले भने ।

साढे ४ विगाहा क्षेत्रफलमा रहेको यो पार्क पश्चिम नेपालकै उत्कृष्ट गन्तव्य बनाउने गरी अन्य पूर्वाधार समेत तयार गर्दै जाने र सबै पुरा हुँदा कम्तीमा ३० करोड खर्च लाग्ने अनुमान रहेको वाटर फन पार्कका महाप्रबन्धक मनिष श्रीवास्तवले बताए । यही क्षेत्रमा विगत साढे ६ वर्षदेखि होटल बोधी रेडसन सञ्चालनमा रहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार