भैरहवा । रोटरी इन्टरनेश्नल डे को अवसरमा रुपन्देहीमाभएको खुल्ला हाफ म्याराथनको उपाधि भारतिय सेनाका अनिश थापाले जितेका छन ।
स्वास्थ्यका लागि खेलकुद भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै बुटवल देखि भैरहवा २१ दशमलव १ किलोमिटर दुरीको खुल्ला हाफ म्याराथनमा थापाले एक घण्टा ६ मिनटे ३९ सेकेण्डमा दुरी तय गरी विजेता बनेका हुन । पर्वतका थापा हाल गोर्खा राइफल्समा कार्यरत छन, विदाको समयमा नेपाल आएका उनले नेपालकै प्रथम हाल सम्मको छोटो समयमा हाफ म्याराथन पुरा गर्ने धावक बनेका छन । रोटरी क्लब अफ भैरहवाको आयोजना, मारुति फुडपार्क काठमाण्डौ गेट प्रिमियर बासमती राईसको मुख्य प्रायोजन र नेपाल अम्बुजा सिमेन्टको सहप्रायोजनमा भएको म्याराथनमा भारतीय सेना गोर्खा राईफल्समा कार्यरत पाचथरका दिपक सुवाङ १ घण्टा, ८ मिनेट २५ सेकेण्डमा दौड पुरा गरी उपविजेता, १ घण्टा ९ मिनेट ९ सेकेण्डमा दुरी पार एपीएफका हलचोकमा कार्यरत कैलालीका किरण सिंह बोगटी तेस्रो स्थान, १ घण्टा १२ मिनेट ३८ सेकेण्ड र ३९ सेकेण्डमा दुरी पार गरी मिलन कार्की र श्रीकेस राई सान्तवना भएका छन ।

यस्तै महिला तर्फ नेपाली सेना ५ नंम्बर बाहिनी कपिलवस्तुकी भावना शाहीले १ घण्टा ३८ मिनेट २५ सेकेण्डमा म्यारथान पूरा गरी विजेता नेपाली सेना गोरखदल पाल्पाकी मिनिशा थापाले १ घण्टा ४२ मिनेट १८ सेकेण्डमा दुरी पार गर्दै उपविजेता, खुला रुपमा बर्दियाकी कल्पना थारुले १ घण्टा ४३ मिनेट ४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो र २ घण्टा ३ मिनेट ४८ सेकेण्डमा दुरी पार गर्दै दिपिका पुन सान्त्वना भएकी छन् ।
इङलेण्डका एक, ५ महिला सहित देशैभरबाट १ सय १६ जना धावकहरुको सहभागिता रहेको म्याराथन लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर ढोकाबाट पुष्पलाल पार्कबाट शुरु भई सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अंचलपुर, बुद्घचोक, बर्मेलीटोल, नारायणस्थान पथ हुँदै सानू डिपार्टमेन्टल स्टोर चोकमा समापन भएको आयोजक सस्थाकारोटरी हाफ म्याराथनका संयोजक राजकुमार गुप्ताले जानकारी दिए ।

म्याराथनका विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो स्थान हासिल गर्नेले नगद ५० हजार तथा सान्त्वना पुरस्कार दुईजनालाई नगद ५ हजार १ सय रुपैयाबाट पुरस्कृत गरिएको छ । त्यस्तै महिला खेलाडी सहभागीताका लागि क्लबले विजेतालाई नगद २० हजार उप विजेताले १५ हजार तृतीयलाई १० हजार र सान्तवना एक जनालाई ५ हजार नगदले पुरस्कृत गरिएको संयोजक गुप्ताले जानकारी दिए । प्रतियोगिताको उद्घाटन रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले र समापन रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजीव पोखरेलले गरेका थिए ।
प्रतियोगिताको सहआयोजकको रुपमा रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ बुटवल रुपन्देही, सेन्ट्रल लुम्बिनी, बुटवल डाउनटाउन, बुटवल साउथ, सेन्ट्रल बुटवल, लुम्बिनी सिद्धार्थनगर, सेन्ट्रल रुपन्देही, पाल्पा लुम्बिनी लगायतका रोट्रयाक्ट क्लबहरुको सहकार्य रहनेछ । प्रतियोगितालाई सफल बनाउन बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाले पनि सहकार्य गर्ने, धावकहरुको २ लाखको दुर्घटना तथा स्वास्थ्य विमा लुम्बिनी जनरल इन्स्योरेन्सले गरेको थियो । क्लबले स्वस्थ्य, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा काम गर्दै आएको छ । अहिलेको प्रतियोगितालाई व्यवस्थित गराउन म्यााराथनका किर्तिमानी धावक बैकुण्ठ मानन्धरको संयोजकत्वमा सबै अन्तराष्ट्रिय धावकहरु सदस्य रहने गरी प्रविधिक कमिटी बनाइएको थियो ।