भैरहवा फागुन ३०,
सक्षम सहारा बहुउद्देश्यीय महिला समूह सिदार्थनगर ६ किशोरपुर रुपन्देहीले पाचौ स्थापना दिवस तथा होलि पुणिमाको पुर्व सन्ध्यामा रक्तदान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

समुहका अध्यक्ष शान्ता कडेलको अध्यक्षमा भएको कार्यक्रममा मायादेवि च्यारिटेवल फाउन्डेसन सग समन्वय गरि समुहका सदस्य को सुन्य ब्यालेसमा खाता खोलि एनआईसि एसिया बैक भैरहवा बाट रु दस लाख जीवन बिमा गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भिम अस्पतालका सुपरिटेन्डेन्ट डा सकुन्तला गुप्ता रहनु भएको थियो भने बिशिस्ट सिदार्थनगर ६ कावडा अध्यक्ष बिरेन्द्नाथ श्रीवास्तव, ,माईति नेपाल रुपन्देहीका प्रमुख माया क्षेत्री , मायादेवी फाउन्डेसनका अध्यक्ष रवि कुमार रौईनियार, उधोग ब्यापार सगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालि, नागरिक समाज रुपन्देहीका सल्लाहकार ठाकुर प्रसाद गुरौ , दुर्गा सामुदायिक सेवा समिति ३,५,६ अध्यक्ष राजेन्द्र श्रेष्ठ ,समाजसेवि पुरनसिङ राना ,थारुकल्याणकारी रुपन्देहीका अध्यक्ष सतिस चौधरी ,समाजसेवि रामदयाल गुप्ता लगाएतको सहभागीता रहेको थियो ।
रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको समुहका अध्यक्ष शान्ता कडेलले बताईन । कार्यक्रम समुहका अध्यक्ष शान्ता कडेलको अध्यक्षता उपाध्यक्ष सचिता अर्यालको स्वागत तथा ,सचिव लाजिना देवकोटाको सन्चालनमा सम्पन्नता भएको थियो ।