Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

पशु क्वारेन्टाईन सम्बन्धी ऐन नियम मापदण्ड बारे सरोकारवाला संग अन्तरक्रिया सम्पन्न


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २८, २०७८ शनिवार
  • 1.5K
    SHARES

पशु क्वारेन्टाईन सम्बन्धी ऐन नियम मापदण्ड बारे सरोकारवाला संग अन्तरक्रिया सम्पन्न

 


भैरहवा फागुन २८
पशु क्वारेन्टाईन सम्बन्धी ऐन नियम मापदण्ड बारे सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्बन्धी एक दिवसीय गोष्ठी भैरहवामा सम्पन्न भएको छ । 

bbbb.jpg
पशु क्वारेन्टाईन कार्यालय भैरहवा रुपन्देहीको आयोजनामा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख भक्त निउरेले बाह्रय मुलुकबाट पशु पन्छी , पशुजन्य पदार्थ ,तथा पशु उत्पादन सामाग्री आयात गर्दा नाकामा रहेका पशु क्वारेन्ट चेक पोष्टमा परिक्षण गराई क्वारेन्टाईन प्रमाणपत्र लिएर मात्र आयात गर्न ब्यावसायिहरुलाई आग्रह गरे ।  
देश भित्र उत्पादन भएका पशु पन्छी , पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्री एक जिल्ला बाट अर्को जिल्लामा ओसार पसार गर्दा अनिबार्यरुपमा उत्पत्तिको प्रमाण पत्र र दर्तावाला पशु चिकित्सिक बाट जारी गरिएको स्वास्थ्य प्रमाणपत्र साथमा राखेर मात्र ओसार पसार गर्न आग्रह गरे । 
ब्यावसायिक प्रयोजनका लागी यात्रु बाहक सवारी साधानमा पशुपन्छी ओसार पसार गर्ने गरेको पाईएमा त्यसो नर्गन गोष्ठीमा सहभागी सुरक्षा निकाय तथा स्थानिय प्रशासनका प्रतिनीधीहरुलाई कार्यान्वयनमा कडाई गर्न कार्यालय प्रमुखले आग्रह गरे । रुपन्देही नवलपरासी र कपिलबस्तु जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनीधीहरु सहभागी कार्यक्रममा पशु क्वारेन्टाईन सम्बन्धी ऐन नियम मापदण्ड बारेमा जानकारी गराईएको थियो । 

aaa.jpg
पशु र पशु जन्य पदार्थको ओसारपसार गर्दा सुरक्षा मापदण्ड अपनाउन नसकेको खण्डमा बिभिन्न प्रकृतीका सरुवा रोगहरु पनि फैलन सक्ने र यसले मानव स्वास्थ्यमा गंभिर प्रकृतीको असर पुर्याउने भएकाले यस प्रति सर्तक रहन आग्रह गरे । बड्प्लु नियन्त्रणका लागी पनि ओसारपसारका कडाई आबस्यक रहेको सहभागीहरुको भनाई थियो । खुल्ला सिमानाका कारण हुने चोरी निकासीका कारण पशुपन्छी जन्य रोग नियन्त्रणमा समस्या हुने गरेको सहभागीहरुको भनाई थियो ।
अधिकाम्श रोगहरु पशुपन्छी , माछा, किरा तथा किर्ना र मानीसहरु बिच एक बाट अर्कोमा सर्ने भएकाले ओसार पसारमा ध्यान दिनु पर्ने कार्यक्रममा कार्यालय प्रमुख भक्त निउरेले जानकारी दिए । पशु सेवा बिभागका महानिर्देशक डा लेखराज दाहालको प्रमुख अतिथीमा सम्पन्न कार्यक्रममा बिशिष्ठ अतिथीमा रुपन्देही , नवलपरासी र कपिलबस्तुका प्रमुख जिल्ला अधिकारीहरु रहनु भएको थियो भने  , बिशेष अतिथीमा कृर्षी तथा पशुपन्छी बिकास मन्त्रालयका सहसचिव माधव अर्याल , सुर्य पौडेल , रुपन्देही , नवरपरासी र कपिलबस्तु जिल्लाका प्रहरी प्रमुखहरु , ह्याचरी ब्यावसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष बासु बराल , दाना ब्यावासी संघ लुम्बिनी प्रदेशका अध्यक्ष गोबिन्द खण्ड्का , प्रदेशका भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख लगायतको सहभागीता रहेको थियो । 
पशु क्वारेन्टाईन कार्यालय भैरहवाका कार्यालय प्रमुख भक्त निउरेको अध्यक्षता, पशु क्वारेन्टाई कार्यालका पशु चिकीत्सक सोभाखर ज्ञवालीको संचालन र पशु चिकीत्सक राजेश गुरुड.को स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार