Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

१३ औं लियो कर्पोरेट सुपर सिक्स प्रतियोगिता शनिबार


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २६, २०७८ बिहिवार
  • 248
    SHARES

१३ औं लियो कर्पोरेट सुपर सिक्स प्रतियोगिता शनिबार

भैरहवा फागुन २६,

 

लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा कर्पोरेट हाउसहरु बिच १३ औं लियो कर्पोरेट सुपर सिक्स प्रतियोगिता शनिबार भैरहवामा आयोजना हुदैछ । लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा हुने प्रतियोगितामा भैरहवाका १२ वटा बिभिन्न बैंकहरुले सहभागीत जनाउँदै छन् ।

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले विहिबार भैरहवामा पत्रकार सम्मेलन गरि आयोजकले गत वर्षहरु झै कर्पोरेट हाउसहरु बीच आपसी भाईचारा स्थापित गर्दै सम्बन्ध मजबुद बनाउन प्रतियोगितालाई निरन्तरता दिएको बताए । क्लबका पूर्व अध्यक्ष अरुण पन्थीले सुपर सिक्स बिधिबाट खेलाईने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बताए । सिद्धार्थ रङ्गशालामा हुने प्रतियोगितामा  बिजुली जडान गरि रात्रीकालीन क्रिकेट खेलको आयोजना समेत गर्ने पन्थीले जानकारी दिए । “एक दिनमै प्रतियोगिता सम्पन्न गर्ने चाप रहेको हुँदा यसलाई डे/नाईट प्रतियोगितको रुपमा खेलाईदै छ ।” पन्थीले बताए ।

प्रतियोगितामा बिजेतालाई २० हजार तथा उप बिजेता टिमलाई १० हजार नगद पुरस्कारको साथै प्रत्येक मैचमा मैन अफ द मैच, मैन अफ द सिरिज, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेसट फिल्डर, अनुशासित टिमको रुपमा पुरस्कृत गरिने क्लबका पूर्व अध्यक्ष शार्दुल मयुर कसौधनले बताए । प्रतियोगितामा रुपन्देही क्रिकेट एसोसिएसनको प्राविधिक सहयोग रहने कसौधनले जानकारी दिए ।

आँगन रेष्टुरेण्ट एण्ड थकाली घर मूख्य प्रायोजक रहेको प्रतियोगितामा नबिल बैंक, एनएमबी बैंक, सिटीजन ईन्टरनेशनल बैंक, बैंक अफ काठमाण्डौं, सेन्चुरी कमर्शियल बैंक, सानिमा बैंक लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, महालक्ष्मी बिकास बैंक, कृषि बिकास बैंक, र आईसिएफसी फाईनान्स टिमले सहभागीत जनाउने कार्यक्रम संयोजक सन्देश केसीले बताए । लियो क्लब अफ सिद्धार्थनगरको अध्यक्ष सतिष भुषालको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार