Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

विश्व मृर्गौला दिवसको अवसरमा सिद्धार्थनगर सिटी अस्पतालद्धारा ‘मृर्गौला स्वास्थ्य प्याकेज’ कार्यक्रम सुरु ।


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २६, २०७८ बिहिवार
  • 450
    SHARES

विश्व मृर्गौला दिवसको अवसरमा  सिद्धार्थनगर सिटी अस्पतालद्धारा ‘मृर्गौला स्वास्थ्य प्याकेज’ कार्यक्रम सुरु ।

 

भैरहवा फागुन २६,
विश्व मृर्गौला दिवसको अवसर पारेर भैरहवामा रहेको सिद्धार्थनगर सिटी अस्पताल प्रालिले ‘मृर्गौला स्वास्थ्य प्याकेज’ ल्याएको छ । 
समुदायमा लुकेर बसेको मृर्गौला सम्बन्धी समस्या पत्ता लगाउन प्याकेज कार्यक्रम ल्याइएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए । 
मृर्गौला स्वास्थ्य प्याकेज अन्तर्गत सीबीसी, सोडिएम÷पोटासियम, ब्लड सुगर, लिपिड प्रोफाइल, पिसाब, युरिया क्रिएटिनिन, यूरिक एसिड, भिडियो एक्सरे र एकपटक चिकित्सकको परामर्शको व्यवस्था गरिएको पौडेलले बताए । 
यसअघि ४ हजार १५० रुपैयाँमा जाँच हुँदै आएकामा प्याकेज कार्यक्रमअन्तर्गत अब सर्बसाधारणले एक हजार ७९९ मै जाँच गर्न पाउने छन् । यो सुविधा फागुन २६ देखि चैत २६ गतेसम्म हुनेछ । 
अस्पतालले विगत आठ वर्षदेखि निःशुल्क डाइलासिस सेवा दिँदै आएको छ । बरिष्ठ मृर्गौला रोग विशेषत्र डा.सुवोधकुमार पाण्डेको प्रत्यक्ष निगरानीमा यो सेवा उपलब्ध हुँदै आएको छ । अस्पतालले ल्याएको स्वास्थ्य प्याकेजमा उच्च रक्तचाप, मधुमेह, धेरै औषधि सेवन गर्ने, धुम्रपान तथा मद्यपान गर्ने, तौल बढी भएका, परिवारका सदस्यहरु र मृर्गौला तथा पिसाव सम्बन्धी समस्या भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखिएको छ । 
अस्पतालले मृर्गौला दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियामा अस्पतालका अध्यक्ष समेत रहेका बरिष्ठ मृर्गौलारोग विशेषज्ञ पाण्डेयले संवेदनशील अंग भएकाले मृर्गौलाप्रति विशेष ध्यान दिन आग्रह गरे । मृगौला प्रति ध्यान दिएर नियमित चेकजांच गरेर सुरक्षित रहन उनले आग्रह गरे ।

 


लुम्बिनी चिन्तन

थप समाचार