भैरहवा फागुन २६,
सेन्चुरी कर्मशियल बैकले स्थापना दिवसको अवसरमा रुपन्देहीका बिभिन्न शाखाहरुमा छुट्छुटै कार्यक्रम गरि मनाएको छ ।

बैकको ११ औ बार्षिकोत्सवका अवसरमा लुम्बिनी प्रदेश भित्र रहेका बैकका विभिन्न १३ वटा शाखाहरुले प्रादेशिक कार्यालय भैरहवाको अगुवाईमा बित्तिय साक्षरता, रक्तदान कार्यक्रम, डस्बिन बितरण लगायतका विभिन्न कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाएको बैकका लुम्बिनी प्रादेशीक कार्यालय भैरहवाका नायव प्रमुख यादव भट्टराइले जानकारी दिए ।
बार्षिकोत्सवको अवसरमा बैकले भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा ३५ युनिट रगत संकलन भएको बैकका भैरहवा शाखा प्रमुख प्रकाश गौतमले जानकारी दिए ।,
त्यसैगरि बैकको बुटवल शाखा कार्यालयले बुटवलको देविनगरमा अवस्थित श्री शहिद स्मृती आधारभुत विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुको लागी झोला हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययन गर्ने २ सय २ जना बालबालीकाको लागी विद्यालय लैजाने झोला हस्तान्तरण सँगै सोही विद्यालयमा अध्ययन गर्ने बालबालीकाका अभिभावकहरुका बिचमा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम पनि सम्पन्न गरेको बैकको बुटवल शाखा प्रमुख स्मृती श्रेष्ठले बताईन ।
यस्तै बैकले स्थापना दिवसको अवसरमा रुपन्देहीको सुद्धोद्धन गाउपालीकामा १५ थान डस्बिन बितरण गरेको लुम्बिनी प्रादेशीक कार्यलय भैरहवाका कार्यालय प्रमुख बिष्णु तिवारीले बताए । बैकको सस्थागत सामाजीक उत्तरदायीत्व अन्र्तगत रहेर स्थापना दिवसको अवसरमा गाउपालीकालाई डस्बिन बितरण गरिएको बैकका अमुवा शाखा प्रमुख शोमा शर्माले बताइन ।
बैकको कोहलपुर शाखाले पनि डस्बिन बितरण गरी स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बैकको लुम्बिनी प्रादेशीक कार्यलय अन्र्तगत पर्ने भैरहवा शाखा, परासी शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको बैकले जनाएको छ ।
बैकले बाकेको नेपालगंज, कोहलपुर, रुपन्देहीको मर्चवार, दाङ्गको घोराही, अर्घाखाचीको मालारानी, भुमिकास्थान, गुल्मीको छत्रकोट र नवलपरासीको बेलाटारी शाखाले स्थापना दिवसको अवसरमा बित्तिय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस बैकका भैरहवा शाखा प्रमुख प्रकाश गौतमले जानकारी दिए ।,