Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

भिम अस्पताल भैरहवाको अध्यक्षमा कुल प्रसाद न्यौपाने नियुक्त


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १६, २०७८ सोमवार
  • 1.1K
    SHARES

भिम अस्पताल भैरहवाको अध्यक्षमा कुल प्रसाद न्यौपाने नियुक्त

भैरहवा फागुन १६
लुम्विनी प्रदेश सरकारले भैरहवाको भिम अस्पतालको अध्यक्षमा कुल प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ।
लुम्विनी प्रदेश सरकारको आईतवार सम्पन्न मत्री परिषद बैठकबाट सिद्धार्थ नगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका न्यौपानेलाई अध्यक्षमा नियुक्त गरेको हो ।
न्यौपाने संगै लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश खेलकुद परिषद् र अस्पताल व्यवस्थापन समितिमा नयाँ नियुक्ति गरेको छ। मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए।
बैठकले रुकुम पूर्व अस्पताल विकास समितिको अध्यक्षमा गणेश ओली, गुल्मी अस्पताल विकास समितिको अध्यक्षमा भरत पाण्डे, बर्दिया अस्पताल विकास समितिको अध्यक्षमा नारायण गौतम, रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा फविन्द्र आचार्य, पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा नेत्र पाण्डे, बर्दिया आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद अहिर, पृथ्वीचन्द्र अस्पताल नवलपरासी अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र गुप्ता, अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा कृष्णप्रसाद खनाल, कपिलवस्तु तौलिहवा अस्पताल विकास समितिको अध्यक्षमा शिवलाल यादवलाई नियुक्त गरेको छ।
यसैगरी गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिको अध्यक्षमा धर्मराज पाण्डे, कपिलवस्तु आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा विष्णुप्रसाद पाण्डे, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको तानसेन विकास समितिको अध्यक्षमा कलम रायमाझी, रामपुर अस्पताल विकास समितिको अध्यक्षमा रामप्रसाद ढकाल, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा पितबहादुर महरा क्षेत्री, प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीको अध्यक्षमा विष्णुप्रसाद आचार्य, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा चन्द्रप्रसाद श्रेष्ठ, रोल्पा आयुर्वेद विकास समितिको अध्यक्षमा झक्कुप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ।
यसैगरी प्रदेश खेलकुद परिषद्का सदस्यमा रुपन्देहीका जयप्रकाश भट्टराई, कोशिशबहादुर खड्का, अर्जुन घिमिरे, सालामुद्दीन अन्सारी, राजकुमार पाण्डे, पाल्पाका निरोज मास्के, अच्युत पाण्डेय, नवलपरासीपश्चिम नाथु सिंह, प्यूठानका बरुणध्वज मल्ल, अर्घाखाँचीका कृष्णबहादुर सारु, रोल्पाका हरिबहादुर वली, बर्दियाका नरेन्द्र शर्मा, बाँकेका नरेन्द्र थापा, दाङका टेकबहादुर विश्वकर्मा, रुकम पूर्वका दुतबहादुर पुनमगर, गुल्मीका भरत थापालाई नियुक्त गरेको छ।

 


लुम्बिनी चिन्तन

थप समाचार