फागुन १६, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिकाई नेपालकै पहिलो पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषण गरिएको छ । नगरपालिकामा ‘कोभिड —१९ विरुद्धको खोपले कोभिड —१९ को गम्भिर संक्रमण र मृत्यु हुनबाट बचाउाछ’ भन्ने नारासहित नगरमा २०७७ साल फाल्गुणदेखि खोप अभियान सुरु भएको थियो । सोही अभियानलाई पुरा गर्दै आईतबार नगरका १ देखि ११ वटै वडामा पूर्ण खोप सुनिश्चितता वडा घोषण गरिएसागै सोमबार सैनामैना देशकै पहिलो पूर्ण खोपयुक्त सुनिश्चितता नगरपालिका बन्न सफल भएको पालिकाको दाबी छ । आज एक समारोहकाबिच राष्ट्रिय सभाका सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्नुभएको हो ।
आईतबार स्वास्थ्य कार्यालय रुपन्देहीको नेतृत्वमा विश्व स्वास्थ्य संगठन, स्वास्थ्यका लागि सक्षम प्रणाली, रेडक्रस सोसाइटीको सहभागितामा ३ वटा वडाका १ सय ८० घरधुरीमा सुलभ सर्वेक्षण गर्दा पूर्ण खोप पाएको नागरिक ९५ प्रतिशत भन्दा धेरै भेटिएपछि जिल्ला खोप समन्वय समितिले पूर्ण खोप घोषणा सभाका लागि नगरपालिकालाई स्वीकृत प्रदान गरेको थियो ।
नगरपालिकाले नगरभित्रको घरधुरी सर्वेक्षण गरी खोप लगाउन छुटेका १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र १८ देखि माथि उमेरका सबै नागरिकलाई खोपको दायरामा ल्याई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गर्न सफल भएको हो । नगरपालिका स्वास्थ्य शाखाका अनुसार सैनामैना नगरपालिकामा १२ वर्षदेखि माथिको कूल जनसङ्ख्या ७१ हजार ५ सय १० मध्ये कोभिड विरुद्धको पूर्ण खोप अर्थात् दुबै मात्रा ६७ हजार ५ सय ९७ जनाले मात्र लगाएका थिए । तर, नगरमा १२ देखि माथि उमेर समूहका ३ हजार ९ सय १३ जनाले भने कोभिड विरुद्धको खोप लगाउनबाट बञ्चित भएका थिए । जसमा अशक्त तथा अपाङ्ग भएका बालबालिका तथा नागरिक थिए ।
पूर्ण खोप पालिका घोषणा गर्दै प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले सैनामैना नगरपालिका देशकै नमुना पालिकाको रुपमा अघि बढेको बताउनुएको छ । उहााले मानवीय स्वास्थ्य सेवाप्रति सजक हुादै नगरले पक्षपातरहित ढंगबाट खोप अभियान सञ्चालन गरि पूर्ण खोप सुनिश्चित पालिका समेत घोषणा गर्नु सैनामैनावासीका लागि गर्वको विषय बनेको बताउनुभयो । कोभिड —१९
विरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिकाको दिगोपनाको लागि प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि सहज र सर्वसुलभ तरिकाले छुटेका नागरिकलाई खोप लगाउनुपर्नेमा उहााले जोड दिनुभयो । एमालेका प्रमुख सचेतक समेत रहेका भट्टराईले नगरमा भएका विकास निर्माणका कामहरुको चर्चा गर्दै सैनामैना आधुनिक शहरीकरणको रुपमा अघि बढेको धारणा राखे ।
नेपाल सरकारले ल्याएको पूर्ण खोपको अवधारणालाई पुरा गर्न पालिकाले नगरमा खोप लगाउन छुटेका १२ वर्षदेखि माथि उमेर समूहका परिवार सर्वेक्षण गरि ३ हजार ९ सय १३ जनालाई खोप लगाइएसागै सैनामैनालाई कोरोना विरुद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषण गर्न सफल भएको सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो । उहााले कोभिड—१९ विरुद्धको खोप पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएको बताउादै पूर्ण खोप युक्त पालिका बनाउन स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम् सेविकाहरुको भूमिका सराहनीय भएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य एवम् नेकपा एमालेका प्रदेश सचेतक भुमिश्वर ढकाल, प्रदेश सभा सदस्य कमला विश्वकर्मा, नेपाली कांग्रेसका जिल्ला पूर्व उपसभापति फणिन्द्र प्रसाद शर्मा लगायतले बोल्दै सैनामैना नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । पालिकाले यहााका स्थानीयको स्वास्थ्यप्रति संवेदनशील बन्दै कोभिड विरुद्धको खोप लगाई विकास र समृद्धिका योजनालाई साकार गर्ने तर्फ अघि बढिरहेको उल्लेख गर्नुभयो । पूर्ण खोप सुनिश्चित पालिका बनाउनका लागि अहोरात्र खट्नुहुने जनप्रतिनीधि, टोलविकास संस्था र महिला स्वयम्सेविकाप्रति सम्मान व्यक्त गर्नुभयो ।
जिल्ला खोप केन्द्रका अधिकृत चिन्तामणी ज्ञवालीले कोभिड विरुद्धको खोप अभियानमा सैनामैनाले गरेको कार्य इतिहासमा लेखिनुपर्नेमा जोड दिनुभएको छ । उहााले सैनामैना नगरपालिका पूर्ण खोप सुनिश्चित हुने देशकै पहिलो पालिका बनेको समेत बताउनुभयो । उहााले भन्नुभयो —‘ २०७२ सालको पूर्ण खोप नीरिक्षकलाई आधार मानी सैनामैनाले घोषण गर्छ, त्यसैलाई नीति बनाउने छलफल अनुसार नै यहि नीतिकै आधारमा सैनामैना पहिलो पूर्ण खोप सुनिश्चित पालिका हुन सफल भएको हो ।’
सैनामैनाका ३ वटा वडामा रहेका घरधुरीको सर्वेक्षण गर्दा सबै नागरिकको खोपप्रतिको धारणा राम्रो रहेको बताउादै उत्साहका साथ आगामी खोपबारे चासो व्यक्त गरेको विश्व स्वास्थ्य संगठनका सर्विलेन्स अधिकृत डा.श्रुति नेपालको भनाइ छ । नेपालले पूर्ण खोप सुनिश्चित घोषणा गरेसागै यहाा चुनौती पनि थपिएको बताउादै आगामी दिनमा पनि खोप लगाउन छुटेका नागरिकलाई खोजी खोजी पालिकाले खोप लगाउनुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीका अनुसार अनुसार १२ वर्ष माथिका कूल जनसङ्ख्या ७१ हजार ५ सय १० रहेकोमा सैनामैनामा लक्षितभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाभन्दा बाहिरका व्यक्तिहरुले समेत यहााका स्वास्थ्य संस्थामा खोप लगाएकोले लक्ष्यभन्दा बढी खोप लगाउन सफल भएको स्वास्थ्य शाखाले जनाएको छ ।
पालिकामा १ देखि ११ सम्मको वडामा ५ देखि १२ वर्ष उमेर समूहको जनसंख्या १० हजार २ सय २२ रहेको छ भने १२ देखि १७ वर्ष सम्म उमेर समूहको जनसंख्या ८ हजार ६ सय ९४ जना रहेको जनाइएको छ । त्यस्तै १८ वर्ष वा माथि ६२ हजार ८ सय १६ जना रहेका छन् । नगरमा १२ वर्षदेखि माथि महिलाको जनसङख्या ३७ हजार ३ सय ३१ छ भने पुरुषको सङख्या ३४ हजार १ सय ७९ रहेको छ ।
पालिकाले खोप लगाउन छुटेका नागरिकको पनि सर्वेक्षण गरि कोरोना विरुद्धको खोप लगाएको हो । जसमा पहिलो मात्रा पनि खोप नलगाएका १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका ३ सय २६ जना र १८ वर्ष वा सो भन्दा माथिका १ हजार ४ सय ७ जना नागरिकलाई पूर्ण खोप लगाइएको छ ।
त्यस्तै गरि दोस्रो मात्रा लगाउन छुटेका १२ देखि १८ वर्ष उमेर समूहका ५ सय ९४ जना र १८ वर्ष वा सो भन्दा माथि १ हजार ५ सय ८६ जनालाई खोप लगाएको छ । नगरका ११ वटा वडामध्ये सबैभन्दा बढी पूर्ण खोप लगाउनेको संख्या वडा न.ं १ रहेको छ । जसमा १० हजार ३ सय ४५ जनाले पूर्ण खोप लगाएका छन् ।
पालिकाले खोप लगाउन बााकी रहेका व्यक्ति पहिचान गर्न जनप्रतिनीधि, स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाका पदाधिकारी सम्मिलित घरधुरी सर्वेक्षण टोली परिचालन गरेको थियो । पालिकामा वडा–वडामा खोपकेन्द्र सञ्चालन गरिएपनि विभिन्न समुदायका व्यक्तिहरु छुटेको पाइएपछि खोप समन्वय समितिको कार्यदल बनाइएको थियो ।
नेपालमा हालसम्म ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई भने खोप लगाइएको छैन । बालबालिकाका लागि खोपआएपछि तिव्र गतिमा खोप लगाइने पालिकाले जनाएको छ । ज्येष्ठ नागरिकलाई बुष्टर डोज समेत लगाइएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रम सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीको अध्यक्षता, राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभा सदस्यद्धय भुमिश्वर ढकाल, कमला विश्वकर्माको विशिष्ठ आतिथ्यता तथा नेपाली कांग्रेस जिल्ला पूर्वउपसभापति फणिन्द्र प्रसाद शर्मा, कांग्रेस नगरसभापति रण बहादुर खनाल, जिल्ला खोप अधिकृत चिन्तामणी ज्ञवाली, विश्व स्वास्थ्य संगठनका सर्विलेन्स अधिकृत डा.श्रुति नेपाल, नेकपा एमालेका जिल्ला सदस्यहरु नर बहादुर घर्ती, खुसीराम चौधरी, मिन प्रसाद पौडेल लगायतको आतिथ्यतामा सम्पन्न भएको हो । 
कार्यक्रममा कोभिड —१९ संक्रमण न्युनीकरणका लागि महत्वपूर्ण योगदान पुराएको भन्दै नगरका सबै वडा, स्वास्थ्यकर्मी लगायतलाई सम्मान समेत गरिएको हो । सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको स्वागत तथा नगर स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीको सञ्चालनमा सम्पन्न भएको हो । नगरपरिसरमा भएको कार्यक्रममा जनप्रतिनीधि, राजनितीक दलका प्रमुख तथा प्रतिनीधि, नागरिक समाज, उद्योगी, व्यापारी, स्वास्थ्यकर्मी, महिला स्वयम्सेविका, टोल विकास संस्था र सरोकारवाल सबैको सहभागिता थियो । 