राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाँच प्रदेशमा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न गरेको छ ।
बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउने, देशभर संगठन विस्तार गरी नेता तथा कार्यकर्तालाई जनताको सेवामा क्रियाशील बनाउनेलगायत विषयमा प्रशिक्षण समेत दिइएको छ । देशैभर रहेका जिल्ला कार्यसमितिमार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । ती समितिले आसन्न चुनावमा उम्मेदवारको छनोटका लागि कार्यविधि निर्माणका साथै स्थानीय नेताले संगठनको विकासमा पु¥याएको योगदानको अभिलेख तयार गरिरहेको छ ।