Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

भैरहवा र सिमरा सेजका १११ प्लटमा उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १६, २०७८ सोमवार
  • 998
    SHARES

भैरहवा र सिमरा सेजका १११ प्लटमा उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान

भैरहवा फागुन १६

भैरहवा र सिमरा विशेष आर्थिक क्षेत्र (सेज) का एक सय ११ प्लटमा उद्योग स्थापना तथा सञ्चालन गर्न प्रस्ताव आह्वान गरिएको छ ।

सेज प्राधिकरणले आइतबार सूचना प्रकाशित गर्दै दुई ठाउँमा उद्योग स्थापना तथा सञ्चालनका लागि प्रस्ताव मागेको हो ।

भैरहवाका सेजमा रहेका ४५ प्लट र सिमरामा रहेका ६८ वटा प्लट खाली छ । विशेष आर्थिक क्षेत्रमा उद्योगलाई चहिने भौतिक पूर्वधारहरु, आन्तरिक सडक, पानी, विद्युत, सुरक्षा, पेट्रोलियम पम्प, धर्मकाँटा, सुरक्षा, दूषित पानी प्रशोधन केन्द्र, बैंक, बीमा लगायतको सुविधा उपलब्ध हुने प्राधिकरणले जनाएको छ ।

सेजमा प्रतिवर्गमिटर प्रतिमहिना २० रुपैयाँ भाडामा जमिन पाइन्छ । उक्त पूर्वाधार ३० वर्षका लागि भाडामा दिन लागिएको प्राधिकरणले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार