भैरहवा फागुन १०,
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा प्रोफेश्नल मास्टर्स ११ ले बिजयी भएको छ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन बी अन्तर्गतको खेलमा सैनामैना क्रिकेट क्लबलाई १३ रनको झिनो अन्तरले पराजित गर्दै प्रोफेस्नल मास्टर ११ बिजयी भएको हो।
सुरुवाती ब्याटिङ पाएकोे प्रोफेश्नलले ३३ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ९३ रन बनाएको थियो। जसका लागि प्रवेश थापाले सर्वाधिक २६, अनिल चाईले १५, अजय रसाइली र माधवेन्द्र क्षेत्रीले समान १०–१० रन बनाए। बलिङ्गमा सैनामैनाका गणेश गौतमले ४, विशाल भुसाल र उदय पन्तले समान २–२ विकेट लिए।
९४ रनको लक्ष्य पाएको सैनामैनाले २५ दशमलव १ ओवरमा सबै विकेट गुमाई ८० रन मात्रै जोड्न सक्यो। लक्ष्य पार गर्न नसकेपछि १३ रनले हार व्योहोरेको सैनामैनाका लागि सुनिल पौडेलले १६, प्रदिप सुवेदी र विक्रम गौतमले समान १३–१३ रन बनाए। प्रोफेश्नलका दिनेश अग्रवालले ४, समोत पौडेल र अर्जुन करोसले २–२ विकेट लिए।
मंगलबारको खेलमा दिनेश अग्रवाल म्यान अफ द म्याचबाट पुरस्कृत भए। बुधबारको खेल लुम्बिनी शाक्यान र बुटवल युथका बीच हुने संघका सचिब संजय गुरुङले जानकारी दिए।