Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

भानु मा. बिको ४६ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ९, २०७८ सोमवार
  • 1.7K
    SHARES

भानु मा. बिको ४६ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न


भैरहवा फागुन ९।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा रहेको भानु माध्यमिक बिद्यालयको ४६ औं बार्षिक उत्सव तथा अभिभावक भेला एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यालयको प्राङगणमा आयोजित बार्षिक उत्सब कार्यक्रममा कक्षागत उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरि मनाइएको छ । कोभिडको महामारी कायम नै रहेकोले शिक्षक, बिद्यालय व्यवस्थापन समितिको सदस्य, शिक्षक अभिभावक संघका सदस्य, सल्लाहकार र सिमित विद्यार्थीको उपस्थितिमा मनाइएको विद्यालयको प्र.अ. मोतीलाल सुबेदीले बताए ।

विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै प्र.अ.सुबेदीले यस पटकको बार्षिक उत्सवमा कक्षागत उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरि मनाइएको र स्थिति सामान्य भएपछि बिद्यालयमा स्थापित विभिन्न अक्षयकोष छात्रबृत्ति बितरण, सम्मान तथा अतिरिक्त क्रियाकलाप संचालन लगायतको कार्यक्रम संचालन गरिने बताए ।  

कार्यक्रममा वडा अध्यक्ष शेषकान्त भण्डारी, रुपन्देही क्यामपसका क्याम्पस प्रमुख पर्थिबेन्द्र उपाध्याय, विद्यालय व्यवस्थापनको सल्लाहकार श्याम सुन्दर खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम भट्टराई लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष फैज अहमद खानले शैक्षिक बिकासका लागि आफुले स्थापना गरेको छात्रवृति अक्षयकोष बढाउने र बिद्यालयलाई २५ हजार सहयोग गर्ने प्रतिबद्ता जनाउदै अरुलाई पनि विद्यालयको स्तर वृद्धि गर्न तत्पर भएर लाग्न आग्रह गरे । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष फैज अहमद खानको अध्यक्षता, सहायक प्र.अ. महेश प्रसाद गुप्तको स्वागत मन्तब्य र सहायक प्र.अ. पवित्रा कोइरालाको संचालनमा सम्पन्न भएको थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार