भैरहवा फागुन ९,
भैरहवामा जारी नेपाल टेलिकम सुरपल लिग अन्तरगत सोमबारको खेलबाट देवदह क्रिकेट क्लब डिभिजन ए मा बढुवा भएको छ ।
नेपाल टेलिकम को प्रमुख प्रायोजना र रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ क्रिकेट मैदानमा जारी रुपन्देही सुपर लिगको दोस्रो दिनको खेलमा देवदह क्रिकेट युनिटले लुम्बिनी शाक्यान लाई ३६ रनले पराजित गरि डिभिजन ए मा पुग्न सफल भएको हो ।
खेलमा लुम्बिनी शाक्यान टस जितेर देवदह लाई बैटिग गर्ने निम्तो दिएको र देवदहले आफ्नो निर्धारित ५० ओवरको खेलमा ३३ दशमलब २ ओवरमा सबै विकेट गुमाई १३६ रनको योगफल बनाएको थियो । देवदहको लागि बिनित कार्कीले सर्वाधिक ५८ रन , सुमन राज पाण्डेले २२ र अस्फाक खानले १३ रनको योगदान दिएका थिए ।
बलिङ्गमा लुम्बिनी शाक्यानका धुरूप चन्द कुर्मीले ४, मनुवर आलम खान र अख्तर हुसेनले २–२ विकेट लिन सफल भएका थिए । १३७ रन को लक्ष्य पाएको लुम्बिनी शाक्यानले २१ ओवरमा आफ्नो सबै विकेट गुमाई मात्र १०० रन बनाउन बनाएको थियो ।
लुम्बिनी शाक्यानका अजाज अहमद खान र शोभकान्त केवटले १८ –१८ र जावेद अलि मुसलमानले १५ रन बनाए । लुम्बिनी शाक्यानलाई हराउन देवदहका विजय सुनारले हैटिक सहित ४ ओवरमा ९ रन खर्चेर ४ विकेट र कृतिमान ढकालले ३ विकेट लिन सफल भए । खेलको म्यान अफ द मैच देवदहका विजय सुनार घोषित भए । मंगलबारको खेल सैनामैना क्रिकेट क्लब र प्रोफेसनल मास्टर्सका बीच हुने संघका सचिब संजय गुरुङले जानकारी दिए ।