भैरहवा फागुन ९,
नेपाल उधोग वाणिज्य महासंघ लुम्विनी प्रदेशको उधोग प्रवद्र्धन समितिको बैठक सम्पन्न भएको छ । बैठकमा प्रदेश उद्योगी ब्यावसायीहरुका समस्या समाधान बारे छलफल भएको हो ।
नेपाल उधोग वाणिज्य महासंघ लुम्विनी प्रदेशको उधोग प्रवद्र्धन समितिको बैठक समितिका संयोजक दिपक कुमार पौडेलको अध्यक्षता तथा नेपाल उधोग वाणिज्य महासंघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थिया । छलफल क्रममा १०० प्रतिशत एल.सीको प्रवधान, बढदो ब्याज दर सामाजिक सुरक्षा कोष आयत निर्यातमा देखिएका समस्याहरु बारे छलफल गरीएको थियो ।
छलफलको क्रममा एल.सी. मार्जिन खुल्ला ब्याज दरको अवधाराणा भन्दा बाहिरको भएकोले सो खारेजि गरीनु पर्ने ,बैङ्क ब्याजदर एकल विन्दुमा राख्नु पर्ने ,क्रेडिट रेटिङ्ख सुरक्षा प्रदान गरीनु पर्ने तथा सामाजिक सुरक्षा कोष नेपाली नागरीक हरुमा मात्र सिमित राख्दै क्रमिक रुपमा लागु गर्नु पर्ने तथा पुर्वाधार विकास गरी आयत निर्यातमा सहज गर्नु पर्ने छलफल भएको थियो ।
छलफलमा प्रमुख अतिथि तथा संयोजकले उधोगीले उठाएका विषय वस्तुहरु समस्तमा नेपाल उधोग वाणिज्य महासंघ लुम्विनी प्रदेशले पहल गरी समस्या समाधानमा लाग्ने विचार ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा सिद्धार्थ उधोग वाणिज्य संघका अध्यक्ष बुटबल उधोग वाणिज्य संघका अध्यक्ष लगायतका विभिन्न जिल्ला ,नगर उधोग वाणिज्य संघ पदाधिकारी हरु तथा उधोगी ब्यवासायीहरुको उपस्थिती रहेको थियो ।