Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राष्ट्रिय युवा संघ सिद्धार्थनगरद्धारा भैरहवामा रतmदान कार्यक्रम सम्पन्न


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ७, २०७८ शनिवार
  • 1000
    SHARES

राष्ट्रिय युवा संघ सिद्धार्थनगरद्धारा भैरहवामा रतmदान कार्यक्रम सम्पन्न

भैरहवा फागुन ७
नेकपा  एमाले निकट राष्ट्रि युवा संघ सिद्धार्थनगरले भैरहवामा रतmदान कार्यक्रम सम्पन्न गरेको छ । सिद्धार्थनगरस्थि गौतबुद्ध एयरपोर्ट परिषरमा शनिवार ७३ औं प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा १ सय ११ जनाले रतmदान गरिएको प्रेस चौतारी लुम्बिनी प्रदेश सदस्य माधन न्यौपानेले जानकारी दिए ।

संघका अध्यक्ष कृष्ण मल्ल ठकुरीको अध्यक्षता तथा नेकपा एमाले सिद्धार्थनगर कमिटीका सचिव नारायण प्रसाद भण्डारीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको संयोजन सचिव प्रविण आचार्यले गरेका थिए ।

रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर राष्ट्रिय युवा संघले सामाजिक उत्तरदायित्व अन्तरगत रतmदान कार्यक्रम गरिएको अध्यक्ष ठकुरीले बताए । कार्यक्रममा प्रमुख अतिथि नारयण भण्डारीले युवाहरु समाजप्रति उत्तरदायी हुनु निकै सकारात्मक विषय भएको भन्दै त्यसको नेत्तृत्व युवा संघले दिएकोमा खुशी व्यतm गरे ।

सो अवसरमा नेकपा एमाले निर्वाचन कमिटी सदस्य भरत पोख्रेल लगायत युवाहरुको उपस्थिति रहेको सचिव प्रविण आचार्यले जानकारी दिए । 


लुम्बिनी चिन्तन

थप समाचार