Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

विएमजी ग्रुपद्धारा वहिरा वाल माविका उत्कृष्ट बिद्यार्थीलाई नगद सहित सम्मान ।


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ७, २०७८ शनिवार
  • 922
    SHARES

विएमजी ग्रुपद्धारा वहिरा वाल माविका उत्कृष्ट  बिद्यार्थीलाई नगद सहित सम्मान ।

 

भैरहवा, ७ फागुन

 भैरहवा मर्निङ्गवाक समुहले सिद्धार्थनगरस्थित वहिरा बाल माध्यमिक विद्यालयमा अध्ययनरत  उत्कृष्ट एकजना  विद्यार्र्थीलाई नगद सहित सम्मान गरको छ ।

समुहका सल्लाहकार वरिष्ठ समाजसेवी स्वर्गीय निधानचन्द्र श्रेष्ठको स्मृतिमा उहांको जन्मदिन पारेर विद्यालयमा कक्षा ८ मा अध्यनरत विद्यालयकै उत्कृष्ट सुजित कुमार चौधरीलाई नगद ८ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको समुहका अध्यक्ष ओमकार गौचनले जानकारी दिनुभयो ।

विभिन्न सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान रहेका स्वर्गीय श्रेष्ठकी धर्मपत्नी मिना श्रेष्ठले १ लाख २५ हजार रुपैंयाको अक्षयकोष स्थापना गनुभएको समेत अध्यक्ष गौचनले जनाउनु भयो ।  एक जना आर्थिक विपन्नता भएका जेहेन्दार र अनुशासित विद्यार्थीलाई सम्मान गर्ने उद्देश्य अनुरुप नवलपरासी गुठी सुर्यपुरा घर भई वहिरा वाल विद्यालयमा अध्ययन गरिरहेका सुचितलाई नगद सहित सम्मान गरिएको समुहका संस्थापक विजय सागर श्रेष्ठले बताउनु भयो । समुहका अध्यक्ष ओमकार गौचनको अध्यक्षता, विद्यालयका प्राधानाध्यापक भीम बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्वागत तथा संस्थाको बारेमा जानक
ारी विजय सागर श्रेष्ठले दिनुभयो । कार्यक्रममा विद्यालयका कार्यवाहक अध्यक्ष सारदा श्रेष्ठ लगायतले विएमजी समुहले वहिरा वाल विद्यालयमा अध्ययनरत विद्यार्थीको हौसला बढाएको भन्दै धन्यावाद दिनुभयो । समुहका महासचिव राजु नारयाण श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा अक्षयकोष संस्थापक मिना श्रेष्ठ, समुहका पदाधिकारी, सदस्य, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो । समुहले विकास निर्माण तथा सुशासनमा सम्वन्धित निकायलाई खवरदारी गरी जनतालाई सचेत बनाउनुका साथै विभिन्न सामाजिक काममा सक्रिय भुमिका खेल्दै आईरहेको छ । 

 

 


लुम्बिनी चिन्तन

थप समाचार