Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

गौतमबुद्ध विमानस्थलमा जेठ २ देखि व्यावसायिक उडान सुरु गरिने


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ५, २०७८ बिहिवार
  • 600
    SHARES

गौतमबुद्ध विमानस्थलमा  जेठ २ देखि व्यावसायिक उडान सुरु गरिने

 

भैरहवा, ५ फागुन ।

 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २ जेठ (बुद्ध पूर्णिमा) देखि व्यावसायिक उडान सुरु हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्ने मिति आगामी बुद्ध पूर्णिामाको दिनलाई तोकेको हो ।

प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्न एक समिति गठन गरिएको छ । सो समितिले तोकिएको समयमा व्यावसायिक उडान गर्नेगरी काम गर्न जिम्मेवारी दिएको उनले बताए ।

यो विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडान सुरु हुँदैछ । क्यालिब्रेसन फ्लाइटका लागि बिहीबार मात्रै थाइल्याण्डबाट यरो थाइको जहाज नेपाल आइपुगेको छ । त्यसपछी परीक्षण उडान हुनेछ । परीक्षण उडानपछि व्यवसायीक उडानको तयारी गरिने उनको भनाइ छ ।


लुम्बिनी चिन्तन

थप समाचार