Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

शाइन होल्डिङ्ग प्रा.लि.द्वारा भैरहवामा टाटा प्रोडक्टका साईकलको विक्री शुभारम्भ


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ५, २०७८ बिहिवार
  • 284
    SHARES

शाइन होल्डिङ्ग प्रा.लि.द्वारा भैरहवामा टाटा प्रोडक्टका साईकलको विक्री शुभारम्भ

भैरहवा, ५ फागुन ।

स्ट्राइडर साइकल प्रा.लि. (टाटा प्रोडक्ट)को आधिकारिक विक्रेता शाइन होल्डिङ्ग प्रा.लि. भैरहवाले बिहीबारदेखि भैरहवामा साईकलको विक्री शुभारम्भ गरेको छ । भैरहवास्थित नारायणस्थानमा शुभारम्भ भएको शाइन होल्डिङ्ग प्रा.लि.को बिहीबार बिहान एक कार्यक्रमकाबीच साईकल सिटी भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले उद्घाटन गरेका छन् ।

222.jpgसो अवसरमा बोल्दै अध्यक्ष सारु मगरले भैरहवामा पहिलोपटक टाटा ब्राण्डको साईकल विक्रीवितरण शुभारम्भ हुनु खुसीको कुरा भएको बताए । साईकल किन्न सुनौली, नौतनवा तथा बुटवल जानुपर्ने अवस्था हटेको उनले बताए ।  तर अब अति नै लोकप्रिय टाटा ब्राण्डको साईकलको विक्रीवितरण भैरहवामै सुरु भएको छ, यो भैरहवाबासीकै लागि खुशीको कुरा भन्दै उनले सेल्स, सर्भिस र स्पेयर्समा ध्यान दिनुपर्ने बताए । साईकल मर्मतका लागि पनि साईकल बुटवल पठाउनुपर्ने बाध्यता भएकाले शाइन होल्डिङ्ग प्रा.लि.ले राम्रो मेकानिक्सको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

111.jpg

नेपालको आधिकारिक विक्रेताको रुपमा साईकलको विक्रीवितरण सुरु गरिएको शाइन होल्डिंग प्रा.लि.का निर्देशक कोषलेश पाण्डेले बताए । प्रदेश १ मा डिलरसिप दिइएको र निकट भविष्यमै बुटवलमा पनि साईकलको शोरुम सञ्चालन गरिने उनले बताए । करीव पांच करोडको लगानीमा प्रा.लि.सञ्चालन गरेको उनले जानकारी दिए ।  नेपालभरीको आधिकारिक विक्रेता भएकोले यसको लगानी महंगो पर्न गएको  उनको भनाई छ  । शोरुम शुभारम्भको अवसरमा साईकल खरीदमा १५ प्रतिशत छुटको व्यवस्था रहेको उनले बताए । त्यस्तै साईकल सिटी भैरहवाको सिफारिसमा साईकल खरिदमा २० प्रतिशत छुट प्रदान गरिने पाण्डेले जानकारी दिए ।


लुम्बिनी चिन्तन

थप समाचार