Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माण सम्पन्न, फागुन ६ गतेबाट क्यालिब्रेशन फ्लाईट


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ४, २०७८ बुधवार
  • 370
    SHARES

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माण सम्पन्न, फागुन ६ गतेबाट क्यालिब्रेशन फ्लाईट

 

भैरहवा  ४ फागुन

 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्य सकिएको छ ।

28.jpg

भौतिक पुर्वाधारका कामहरु सकिएसंगै बिमानस्थलमा शुक्रबार देखी क्यालिब्रेशन फ्लाईट सुरु हुने गौतमबुद्ध बिमानस्थलका महाप्रबन्धक गोबिन्द प्रसाद दहालले बताए । बिमानस्थलमा क्यालिब्रेशन फ्लाईट सुरु हुने भए पछि गौतमबुद्ध बिमानस्थलबाट दिउंसोमा हुने उडान फागुन १५ गते सम्मका लागी बन्द गरिएको छ ।

25.jpg

फागुन ६ गते देखी बिहान १० बजे देखी सांझ ५ः ३० बजे सम्म बिमानस्थलमा उडान सेवा बन्द गरिएको महानिर्देशक दहालले बताए । क्यालिब्रेशनका लागी विहीबार सांझ सम्म या शुक्रबार बिहान भैरहवामा क्यालिब्रेशन फ्लाईटका लागी आवश्यक बिमान थाईल्याण्ड बाट आईपुग्ने उनले बताए ।

23.jpg

लुम्बिनी प्रदेशको पर्यटनको मुख्य आधार किल्लाको रुपमा मानिएको बिमानस्थल नियमित रुपमा संचालन हुनका लागी थप तिन महिना लाग्ने छ ।  नियमित काम भएको भए चार बर्ष अगाबै बिमानस्थल सञ्चालनमा आउने थियो । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको बिमानस्थल  निर्माणकार्य चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले गर्दै आएको छ ।

21.jpg

बिमानस्थल निर्माणको काम सकिएको छ । बिमानस्थलमा जडान भएका उपकरणहरुको जांच गर्न क्यालीब्रेशन फ्लाईट मात्र बांकी छ  । यो काम बिगत एक बर्ष देखी बांकी हो । क्यालीब्रेशन फ्लाईट अगाडी गर्नु पर्ने प्राबिधिक चेकजांचका लागी अमेरिकन , अष्टे«लियन र थाईल्याण्डका प्राबिधिक एक साथ फिल्डमा हुनु आवश्यक थियो । कोरोना अगाडी बिभिन्न मुलुकका प्राबिधिकहरुले बिमानस्थलको लाईटिङ्गको काम गरेका थिए ।

17.jpg

कोरोनाका कारण अन्तराष्ट्रिय उडान रोकिदा र थाईल्याण्डले आफ्नो नागरिकलाई बाहिरी देश जाने अनुमती नदिदा एक बर्ष देखी अलमलिदै आएको थियो । अहिले अष्ट्रेलियन प्राबिधिक आएर नेपाल नागरिक उड्यन प्राधिकरणका १० जनालाई तालिम दिदै छन् । बिगत एक बर्ष देखी बिमानस्थल आयोजना यहि क्यालिब्रेशन फ्लाईटको पर्खाईमा छ । बिमानस्थलमा संचार देखी लाईटका उपकरण जडान सम्मको जिम्मा थाईल्याण्डको एरो थाई कम्पनीलाई थियो । कोरोनाका कारण एरो थाईका प्राबिधिकहरुलाई थाई सरकारले बाहिरी देश जानका लागी अनुमती नदिदा करीब एक बर्ष अगाडि गर्नु पर्ने काम सर्दै आएको परियोजना प्रमुख प्रबेश अधिकारीले बताए ।31.jpg


लुम्बिनी चिन्तन

थप समाचार